दमककाे मेची सहकारीले दियाे ब्याजमा छुट, काराेवारका लागि नाै स्थानमा कार्मचारी

0
817

दमक / दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले आफ्ना सदस्यलाइ ब्याज छुट दिने भएको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण सिर्जित समस्यालाई ध्यानमा राखी लक डाउन अवधी भर कर्जामा पाकेको ब्याज लक डाउन अवधी समाप्त भएको १० दिन भित्रमा बुझाए सो अवधिको ब्याजमा १० प्रतिशत ब्याज छुट दिने भएको ब्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिए । साथै लकडाउन अवधीभर बुझाउनु पर्ने किस्तामा लाग्ने ब्याज समेत सो अवधिभरसम्म छुट गरेको बगालेले जानकारी दिए ।

साथै सहकारीले लकडाउन अवधीमा कारोबार गर्न कार्यालयमा उपस्थित हुन नसक्ने सदस्यको लागि सहकारीले बिभिन्न स्थानमा कर्मचारी खटाएकोले संस्थाको फोन नम्बर ०२३ ५८०७३३ मा सम्पर्क गरेर कारोबार गर्न अनुरोध पनि गरेको छ ।

सहकारी गरेकाे निर्णय यसप्रकार छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here