र्यापिड टेस्टमा पोजेटिभ देखिएपछि सप्तरीका दुई गाउँ सिल

0
190

सप्तरी, ३ बैशाख /  दिल्लीबाट फर्किएका दुई जना जमातीको र्‍यापिड टेस्टमा एन्टिबडी पोजेटिभ आएपछि सप्तरीका दुई स्थानीय तहका दुईवडा सिल गरिने भएको छ ।

बुधबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले खड्क नगरपालिकाको वडा नम्बर ११ र तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १ लाई सिल गर्ने निर्णय गरेको हो । अब त्यहाँका स्थानीयहरु समेत घर बाहिर निस्कन पाउँदैनन् ।

प्रशासकीय अधिकृत आनन्द ठाकुरका अनुसार, एन्टिबडी पोजेटिभ आएकाहरुको परिवारका सदस्यको पनि टेष्ट गर्ने र संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने निर्णय भएको छ ।

दिल्लीबाट फर्किएर आफ्नो घरमा बसिरहेका सात जनालाई प्रहरीले मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर र्‍यापिड टेस्ट गराएको थियो । उनीहरुमध्ये दुई जनाको पोजेटिभ र पाँच जनाको नेगेटिभ रिपोर्ट आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

पोजेटिभ र नेगेटिभ रिपोर्ट आएका सबैलाई स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here