दमकमा लक डाउनलाई थप कडाइ, अति आवश्यक पसल दिउसो मात्र खुल्ने

0
1533

दमक / झापाको दमकमा लक डाउन लाई थप कडाइ गरिने भएको छ ।

आज बिहान नगरपालिकामा बसेको बैठकले लक डाउन लाई थप कडाइ गर्ने निर्णय गरेको हो । अब औषधी पसल, स्वास्थ्य उपचार बाहेकका अरु अति आवश्यक  खाध्य बस्तुहरुकाे बिक्री वितरण दिनकाे १० बजे देखि दिउँसो ४ बजे सम्म खुल्ला गर्न पाईने भएको छ ।

सामान बिक्री वितरण गर्दा सुरक्षामा अत्यन्तै हाेशियारी अपनाइ ग्राहक संगकाे दुरी कायम राखी ब्यबसाय संचालन गर्न र उपभोक्ताले पनि ताेकिएकाे समयमा ताेकिएकाे सुरक्षा ब्यबस्था मिलाइ अावश्यक सामान भिडभाड नगरी खरिद गर्न अनुरोध गरेको छ ।

साथै आज बाट नगरपालिका भित्र बिभिन्न बहाना बनाई बिहान बेलुका कुनै पनि समयमा अनावश्यक हिड डुल गर्न  नपाइने भएको छ । लक डाउनको समयमा  सवारी साधन नहुने भएकोले नगर क्षेत्र भित्रका सडकमा रहेका जोखिम पुर्ण रुखहरु लाई हटाएने समेत निर्णय भएको छ ।

उक्त कुराको कसैले बेवास्था गरी नियम पालना नगरेमा कडा कारबाही गरिने समेत बैठकमा उल्लेख गरीएको दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए ।

दमक नगरपालिकामा बसेको बैठकमा दमक नगरपालिकाका मेयर रोमनाथ ओली, उधोग वाणिज्य संध का अध्यक्ष गोकुल श्रेष्ठ, दमक इलाका प्रहरी कार्यालयका प्रमुख बिजय राज पण्डित, दमक सडक डिभिजन प्रमुख, दमक २ का वडा अध्यक्ष प्रजापती सापकोटा, दमक ७ का वडा अध्यक्ष भिम प्रसाद पौडेल व्यवसायी पशुपति बराल लगायतको उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here