कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघ्यो, ४ लाख २३ हजार उपचारपछि निको भए

0
449

काठमाडौं । नोबल कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ ।

पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय ५४ पुगेको छ ।

संक्रमितको संख्या पनि बढेर १८ लाख ५२ हजार ४ सय ९५ पुगेको छ । संक्रमित मध्ये साढे ५० हजार गंभीर अबस्थामा छन् ।

संक्रमितमध्ये करिब ८० प्रतिशत, ४ लाख २३ हजार ३ सय ८ जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् ।

अमेरिकामा ५ लाख ६० हजार ४ सय २ जना संक्रमित हुँदा २२ हजार १ सय ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ सय बढीको मृत्यु भएको छ ।

स्पेनमा १ लाख ६६ हजार ८ सय ३१ जना संक्रमित हुँदा १७ हजार २ सय ९ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ५६ हजार ३ सय ६३ पुगेको छ । त्यहाँ १९ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ३२ हजार ५ सय ९१ जना संक्रमित हुँदा १४ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख २७ हजार ८ सय ५४ जना संक्रमित भएका छन् । मृतकको संख्या ३ हजार २२ जनाको मृत्यु भएको छ ।

बेलायतमा ८४ हजार २ सय ७९ जना संक्रमित छन् भने १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ । भारतमा ९ हजार २ सय ५ जना संक्रमित हुँदा ३ सय ३१ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ५ हजार २ सय ३० पुग्दा ९१ जनाको मृत्यु भएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here