कोठा भाडामा बस्ने विधार्थीलाई लायन्स क्लब अफ दमक धनेश्वोरकाे सहयाेग

0
450

दकम/  लायन्स क्लब दमक धनेश्वोरले कोठा डेरा लिएर बस्दै आएको  विधार्थीलाई खधान्न राहत वितरण गरेकाे छ ।

क्लबले अाज ति बिध्यार्थिकाे काेठामा नै पुगेर १ महिना बराबरको खधान्न राहत बितरण गरेकाे हाे । पाँचथर घर भई हाल दमकमा कोठा डेरा लिएर बस्दै आएको ४ जना विधार्थीलाई क्लबका अध्यक्ष किरण भन्डारीले चामल १ बोरा भुजा १ बोरा रमपम १ काटन चना ,दाल,खानेतेल ,नुन,बिस्कुट,सामुन,आलु,प्याज खुर्सानी,हरियाे सब्जी बितरण गरेका छन्  ।

उक्त अवसरमा लायन्स क्लब दमक धनेश्वोरका सदस्य राहुल शाह र दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का को उपस्थितमा रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here