बिसं २०७६ लाई फर्केर हेर्दा

0
526

काठमाण्डाै /  यस वर्ष नेपालका लागि मात्र नभई यस वर्षको समानान्तर ईस्वी संवतको वर्ष सन् २०२० पनि विश्वभरिका लागि अविस्मरणीय रहनेछ ।

यो आलेख लेखिरहँदा म घरभित्र लकडाउनको अवस्थामा छु, नेपालमा विगतका केहि हप्तादेखि लकडाउन छ, विश्वभरिका सबै देश अनि ठूला ठूला शहरहरु सुनसान छन् अनि त्यस शून्यतामा एउटा त्रास छ, कोरोना अर्थात कोभिड १९ का् त्रास् । विश्वका शक्तिशाली राष्ट्रहरुले समेत घुँडा टेकेका यस संक्रमणले यस ग्रहको सबैभन्दा सामाजिक र श्रेष्ठ प्राणी मानवलाई नै सामाजिक दुरी र एक्लोपनाको श्रापको परिधीमा राखिदिएको छ ।

नयाँ वर्षले पुराना वर्षको उमगंलाई निरन्तरता दिँदै पुराना वर्षको तनाव, त्रास र अभिशापलाई अन्त गर्नेछ, यो हाम्रो विश्वास हो । आउनुहोस् सर्वत्र मगंल होस् भन्ने कामनाका साथ पूनरावोलोकन गरौं बिसं २०७६ को ।

बिसं २०७६को शुरु दिनमा नै उदेकलाग्दो दुर्घटना भएको थियो, लुक्ला विमानस्थलमा टेकअफ गर्न लागेको हवाइजहाज गएर पार्क गरेको हेलीकप्टरसंग ठोक्कीएर ३ जनाको मृत्यू भएको थियो । नयाँ वर्षको उमगंलाई यस हवाई दुर्घटनाले आहत पूर्याएको थियो, त्यसभन्दा अगाडिको महिनामा वहालवाला मन्त्री र प्रतिष्ठित पर्यटन व्यवसाहीको हवाई दुर्घटनामा भएको अकल्पनीय मृत्यू अनि लगत्तै लुक्लाको त्यस दुर्घटनाले नयाँ वर्ष बिसं २०७६ लाई शुरुवातमा नै उमगं रहित बनाएको हो ।

हुन त यसै वर्ष बिसं २०७६ मा विश्व भयानक यूद्धको दैलोवाट जोगिएको वर्ष हो, यस वर्षले विश्वशान्तिलाई नयाँ मोड दिँदै अमेरिका र ईरान बिचको यूद्धको विगुललाई रोकेको हो । विश्वशान्तिमा यस वर्षको योगदानका साथै यसै वर्ष नेपाली मुलका यूवा दिवेश पोखरेल अर्थात आर्थर गन विश्वप्रसिद्ध गायन रियालीटी शो अमेरिकान आइडोलको टप २० सम्म पुगेका छन्, नेपालको यथावत विरता अनि साहसीपनाको विश्वस्तरिय परिचयलाई काठमाण्डौमा जन्म भएका आर्थरले सुर अनि तालको नयाँ स्वरुप दिएका छन् ।

नेपालको सामाजिक न्याय अनि पत्रकारितामा वर्ष २०७६ ले ठूलो तरगं ल्याइदिएको छ, वहालवाला सभामुख कृष्ण वहादुर महराको बलात्कार काण्ड अनि उन्को राजीनामा प्रकरण, कारावास चलानले नेपाली पत्रकारिता, न्याय अनि न्यायिक संगठनप्रति नेपालीजनको एक खाले विश्वास पैदा गरेको थियो । तर अन्तत प्रमाण अनि पिडितको पटक पटक बदल्दै गएको परिवशेपछी महराले पाएको सफाईले न्यायप्रतिको आशंका अनि प्रश्न यस वर्षले नेपालीजनमा छाडेर गएको छ । यसै परिवेशलाई जोड्दा वहालवाला सञ्चार मन्त्री गोकुल बाँस्कोटाको बिवादास्पद अभिव्यक्तिले वर्षभरि नेपाली सञ्चमरामाध्यमको शिर्षस्थान पाइरहे अनि अन्तत यिनले स्वयम भ्रष्टाचारार्थ रकम मागेको अडियो सार्वजनिक भएपछि घटनाक्रमले नयाँ मोड पायो । प्रधानमन्त्रीका निकटस्ठ यि मन्त्रीले राजीनामा दिएपनि प्रमाण अनि प्रक्रिया उपरको धमिलो पत्र यस वर्षले छाडेर गएको छ ।

वर्ष २०७६ ले नेपालीजनलाई न्यायप्रति विश्वास पूर्नजागरण गर्न धेरै अवसरहरु सरकार अनि संयन्त्रलाई दियो तर दुर्भाग्यवश सकल अवसरहरु तुहिएर र झनै दर्दनाक परिवेश दिएर गए । पत्रकार रवी लामीछाने यस वर्षका सर्वाधिक चर्चित नाम भए, चितवनमा एकजना सहकर्मी पत्रकारको हत्या या आत्महत्या रहस्य, मृतकको भिडियो वयान इत्यादी थुप्रै कुराहरुले जेल चलान गएिका आरोपी रवी लामीछानेले ब्यापक जन समर्थन पाए अनि अन्तत केहि महिनाको कानुनी प्रक्रिया र सुनूवाइ पछि यिनले सफाई पनि पाए ।

सरकारका बिवादास्पद गुठी बिधेयक लगायतका अन्य केहि विधेयक र नितिले चर्को विरोध र जनस्तरबाटै अस्वीकारको चृत पाए, अनेकन सरकारी हठका वावजुद पनि यि कुराहरु लागु हुन नपाएको वर्ष पनि बिसं २०७६ नै हो ।  अमेरिकी सहयोग नियोग एमसीसीको विदा, निर्णयगत वहस अनि सरकारी अनुमोदनको स्वीकारोक्ति उपर जनवोलीको अनुमोदन नगरिनुपर्ने मतको टुगाें भनें बिसं २०७६ ले बिसं २०७७ लाई लगाउनु भनि सापट दिएर गएको छ ।

पटकपटकको प्रधानमन्कीको अस्वस्थता, नेकपा एकतापछिको शक्ति सन्तुलनका कसरतहरु लगायत सदन भित्र अनि बाहिरका अनेकन विवाद वर्ष २०७६ मा देखियो । चीनका राष्ट्रपतिको नेपाल भ्रमण पनि यसै वर्ष भयो, यस रणनैतिक क्षणमा दुई देशका बिभिन्न निति अनि व्यापारका संझौताका कुराहरु अघि बढेको पनि हो, यस हिसाबमा यो वर्षले २३ वर्षको लामो अन्तरालपछि नेपाली भूमिमा छिमेकी चीनको महामहीमलाई स्वाग गर्ने अवसर पायो ।

राष्ट्रिय गौरवका परियोजनाहरु द्रुत मार्ग, हुलाकी राजमार्ग, गौतमबुद्ध बिमानस्थल लगायतका परियोजनाहरुले आशातित मार्ग लिएको यस वर्षमा पनि नेपाली भूमिमा रेल आउन सकेन, पछिल्ला केहि वर्षमा सरकारका शिर्षस्थ नेतृत्वहरुले व्यापक पैरवी गरेका यि परियोजनाहरु निकै किटान गरिएको आश्वासनका साथमा त आए तर यस वर्ष पनि टाँई टाँई फिस्स नै भयो ।
यस वर्ष नेपालले साग गेमलाई २८ वर्षपछि आफ्नो भूमिमा सगौरव आयोजना गर्यो, आयोजनामा नेपाली खेलाडीलाई अपुग भएका सामाग्री, उद्घाटन समारोहमा भएको व्यानरको उदेकलाग्दो मितिको त्रुटि लगायतका कुराले नेपाली गौरवलाई लज्जाशरणन पनि नगराएको हैन । यता कोरोना संक्रमण महामारीवाट जोगिन सरकारी संयन्त्रको तयारीमा भएको व्यापक भ्रष्टाचारको प्रकरण उदागों भएपछि यस सरकारले गरेका समग्र राम्रा अनि प्रभावशाली कार्यहरुको पोल्टो भन्दा यस निर्लज्ज भ्रष्टाचारको प्रकरणले बढि स्थान पायो । सरकारको संस्थागत भ्रष्टाचारप्रतिको उदारतालाई क्रमैसंग यस वर्ष २०७६ ले उदांगो त पार्यो तर अन्तत तिनै भ्रष्टाचारी र व्यबभिचारीले नै प्रश्रय पाएको आरोप सरकारलाई छ ।

अन्तरािष्ट्रय स्तरमा भनें अत्यन्त चर्चित अमेरिकी बास्क्ेटवल खेलाडि कोव व्रायनको छोरीसहित हेलीकोप्टर दुर्घटनामा भएको मृत्यूले विश्वलाई नै रुवाएर गयो । यता यस वर्षभरि नै हगंकगंमा सरकारको चीपरस्त निर्णयका बिरुद्ध प्रर्दशन भइरह्यो भनें चीनले अमेरिकी मिडियाहरुलाई यी आन्दोलनलाई अनर्गल प्रचार गरेको आरोप लगाइरह्यो । बेलायतले अघिल्लो वर्ष यूरोपियन यूनियिनलाई छाडेर गरेको ब्रेकसिस्टका अनेकन तितामिठा आयामहरु यस वर्ष भरि संगाल्दै आयो, यसै वर्ष अमेरिका र उत्तर कोरियाका परमाणु संझौताले मूर्तरुप पनि लिए । पर्सियन गल्फमा ईरानलाई केन्द्र मानेर छिमेकी देश र पसिश्चमा देशहरुको नाकाबन्धी, हमला तयारी अनि विवादका क्रमहरु यस वर्ष भइरहे । कोरोना कहरमा अमेरिकी नाकाबन्धीका कारणले ईरानले पर्याप्त सामान र ओखती आयान गर्न नपाएर हजारौं ईरानीहरुको मृत्यू भएको तथ्य पनि यस वर्ष नै आएके छ यद्धपी यसको पुष्टि भनें कस्ले र कहिले गर्ने हो, हेरिन बाँकी छ ।

भारतको हिन्दुत्ववादी नारा र सरकारको कश्मिर र जम्मुप्रतिको अनुदारताले गर्दा यस वर्षक अधिकतम समय कश्मिरीहरुले घरभित्रै बिताउनु पर्यो, उता भारतीय नागरीकता बिधेयकले हिन्दु अल्पसख्यंकलाई छिमेकी देशबाट सहज भारत छिर्न पाउने प्रावधान दिएर भारतलाई बास्तवमा नै हिन्दुहरुको स्थान हिन्दुस्तान बनाइदिएको छ । विधेयको विरोधमा निकै धर्ना आन्दोलनहरु भइरहेका थिए यद्धपी कोरोना कहरमा सबै कुराहरु शान्त भएका छन् । भाजपाको पूनरागमन गराएको भारतीय सदनमा नरेन्द्र मोदीको जादुले मिठास र तित्तता दुबै यस वर्ष देखेको छ, रामन्दिर र बाबरी मस्जिदको निर्णय पनि यसै वर्ष भयो र त्यस ठाँउलाई प्रमाणहरुका आधारमा राम मन्दिर नै कायम गरियो ।

यस वर्ष अमेरिकाले सिरियन कुर्दलाई आफ्नो समर्थन अन्त गरेपनि सिरियामा बम, बन्दुक र त्रासका श्रृखलाहरुमा कुनै कमी आएका छैनन, सिरिया र लिविया यसवर्ष पनि उतिकै आक्रान्त रहे । अमेरिकी राष्ट्रपति इम्पीचमेन्ट अर्थात महाअभीयोगवाट वालवाल जोगिए, आँउदो वर्ष अमेरिकाले अर्को राष्ट्रपति चयन गर्नेछ, हेरौं के र को हुनेछन् ?

समग्रमा यस वर्ष अविस्मरणीय छ, आँउदो वर्षले यस वर्षका अधुरा कामहरु छपक्कै सकाइदियोस् अनि कोरोना कहरवाट विश्वले मुक्ति पाओस् । दोश्रो विश्वयूद्ध पछिको विश्वमा यस्तो बन्द अनि शून्यता कहिल्यै भएको थिएन । ईटाली, स्पेन, अमेरिका, ईरान, चीन बाट क्रमश कोरोना कहर ईण्डोनेशीया, भारत लगायत अन्य एसियाली देशहरुमा आइरहेको छ, पश्चिमा देशहरुले समेत घुँडा टेकेका कोरोना कहरमा एसियाली देशहरुले कसरी सामना गर्ने हुन्, सर्वत्र चिन्ताको विषय छ ।

नयाँ वर्षको अर्थपूर्ण शुभकामना, आर्टिफिसयिल इन्टेलीजेन्स र ब्लकचेनको कुरा गर्ने प्रविधीगत विश्व अहिले घरमा लुक्ने र साबुन पानीले हात धुने कठ्घेरामा छ । मास्क्, स्यानीटाइजर लगायतका कुराहरुको कमी भएका समाचारहरु क्रमश कम हुन थालेका छन्, आँउदो वर्षले आशा दिने, न्याय दिनेछ, निर्मलाले न्याय पाउनेछिन्, मेलम्ची काठमाण्डौ आउनेछ, नेपालीहरु जीवन धान्न बिदेश जानुपर्ने छैन, भ्रष्टाचार रोकिनेछ जस्ता कैयन आशाहरु यस वर्षले अपूर्ण छाड्ने छैन भन्ने हार्दिक कामना ।

ह्याप्पी न्यू यिएर , वर्षभरि चाडवाड, मिति, प्रसंग, समाचार, विचार लगायत धेरै कुराहरु लिएर हाम्रो पात्रो यहाँहरु समक्ष रहिरहनेछ, हाम्रो पात्रोलाई गर्नुभएको अपार मायाका लागि हामी सबैको साधुवाद ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल ले तयार पारेकाे लेख

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here