सम्झौता सकिएसंगै पाथवेले काम छाड्याे, दमककाे फाेहाेर कस्ले उठाउने ? (विज्ञप्ति सहित )

0
589

दमक/ झापाको दमकमा ५ बर्ष अघि देखि फोहोर ब्यवस्थापनको काम गर्दै आएको पाथवे नेपाल–ग्रिनलिङ्ग फाउण्डेशनले यस कामबाट हात झिकेको छ ।

नगरपालिकाको सम्झौता सकिएसंगै उसले यो काम छाडेको घोषणा गरेको हो । आज एक विज्ञप्ति जारी गर्दै यसका सञ्चालकहरूले यो अवधिमा सहयोग पुर्याउने सबैप्रति आभार प्रकट पनि गरेको छ । पाथवे नेपालले फोहोर उठाउन शुरू गरेपछि दमक सफा सुग्घर बन्न थालेको थियो ।

अब फोहोर ब्यवस्थापन कसरी होला भन्ने चिन्ता शुरू भएको छ । हामीले सामाजिक सेवाको रूपमा यो काम गरेका थियौ र निर्धारीत समय अनुसार गरेका छौ, ब्यवस्थापक मध्येका एक अजय अग्रवालले भने ।

पाथवे नेपालको तर्फबाट जारी बिज्ञप्ति यस्तो छ

फोहोरमैला व्यवस्थापन आयोजना
पाथवे नेपाल– ग्रिनलिङ्क फाउण्डेशन जेभि दमकको

                                                                 प्रेश विज्ञप्ति

आदरणीय दमक नगरवासी दाजुभाई तथा दिदिबैनिहरू, आजभन्दा ५ वर्ष अगाडि दमक  ननगरपालिकाले सार्वजनिकनिजी साझेदारीको माध्यम बाट फोहोरमैला व्यवस्थापन गर्न प्रस्ताव  आह्वान गरे बमोजिम खुला प्रतिस्पर्धाको माध्यम बाट छनौट भए अनुसार २०७१ चैत्र १६ गते ५ वर्षकालागि सम्झौत भई मिति २०७२ साल बैशाख १ गते बाट दमक नगरबासीको सेवा गर्ने अवसर यस संस्थाले प्राप्त गरेको ब्यहोरा यहा‘हरूमा अवगतनै छ । यसरी भएको सम्झौता बमोजिम फोहोरमैला व्यवस्थापनको माध्यह बाट यहा‘हरूको सेवा गर्ने अवधि २०७६ चैत्र ३० गते बाट सम्पन्न हुदैछ भनेर यहा‘हरूलाई सुनाउनु पर्दा कता कता अप्ठेरो महशुस भएको भएता पनि नगरपालिकाले यस संस्थालाई फोहोरमैला व्यवस्थापनको लागी दिएको कार्यादेश अनुसार कुशलतापुर्वक सम्झौता अवधिभर यहा‘हरूको सेवा गरी फिर्ता हुन पाउ‘दा भने हामि अत्यन्तै हर्सित
भएका छौ । सम्झौता पश्चात सृजित विभिन्न खालका समस्या र चुनौतिका वावजुद पनि नगरपालिका र आम दमक नगरवासीहरूले गर्नुभएको सार्थक सहयोगले दमकलाई सफा र फोहोर व्यवस्थापनमा अब्बल राख्न तथा बनाउन सफल भएको कुरा बिभिन्न समयमा यहा‘हरूबाट ब्यक्त गरिएका अभिब्यक्ति बाट समेत पुष्टि भएको नै छ । कार्य प्रारम्भ भएदेखि सम्पन्न हुने अवधि सम्ममा अप्रत्यासित रूपमा विश्वलाई नै आजित बनाईरहेको कोरोनाभाईरसको कारण भएको लकडाउनको अवस्थामा समेत अविचलित र अनवरत ?पमा कार्य गरि नगरपालिकाले सुम्पिएको यस प्रकारको
गहन जिम्मेवारी पुरा गर्यौं नै भन्ने लागेको छ ।

हामिले जिम्मेवारी सम्हाले पछिका दिन देखि आजका मिति सम्म दमक नगरपालिका तुलनात्मक  ?पमा फोहोरमैला व्यवस्थापनको लागी अब्बल र ब्यवस्थित नगरको ?पमा स्थापित भएको कुरामा दुईमत रहन सक्दैन तर यस प्रकारको सफलताको पछाडि जस्तो सुकै कठिन परिस्थितिमा समेत सम्पूर्ण नगरबासी दाजुभाई तथा दिदीबहिनी साथै सिंगो नगरपालिका परिवारको साथ र सहयोग साथै हाम्रा मेहतकस कामदार कर्मचारीको एैक्यवद्धतापूृण कार्यकुसलता र आपसि सहयोग बाट हुन  सकेको कुरामा हामि बिश्वस्त छौ । फोहोरमैला ब्यवस्थापन जस्तो चुनौतिपूर्ण र महत्वपुर्ण कार्यमा
स्थानीय सरकारको ?पमा स्थापित नगरपालिका संग सहकार्य गर्न पाउनु हाम्रो जस्तो संस्थाको  लागी एउटा गौरवको बिषय थियो । यस कार्यबाट हामिले यहा‘हरूको माया‘, ममता र स्नेह मात्र पाएका छैनौ दक्षता, शिप र जा‘गर समेत प्राप्त गरी फोहोरमैला ब्यवस्थापनमा दीर्घकालिन सोच, बिचार र दक्षता सहितको महत्वपुर्ण समाजिक पू‘जी समेत प्राप्त गर्न सफल भएका छौ र यसलाई हामिले फोहोरमैला ब्यवास्थापनको ब्यवहारिक बिश्वबिद्यालयको शैक्षिक कार्यक्रमको रूपमा स्वीकारेका छौं ।

अन्त्यमा आगामि दिनमा दमक नगरपालिकाले फोहोरमैला ब्यवस्थापनका कार्यका कठिन  परिस्थितिमा समेत यथा समयावधि भित्रै सम्झना राखे सदैब हामि हाम्रो स्थान र क्षेत्र बाट हरतरहको सहयोग गर्न तत्पर रहने प्रतिवद्धताका जाहेर गर्न चाहान्छौ साथैफोहोरमैला ब्यवस्थापन जस्तो कठिन र चुनौतिपूर्ण कार्यमा हामिलाई पूर्ण विस्वास गरी यो महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने दमक नगरपालिका प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहान्छौ । यस कार्यमा हामिलाई सधैं निर्देशन,
सुझाव, साथ र सहयोग गर्नुहुनेनगरप्रमुख ज्यू, उपप्रमुख ज्यू, यस अवधिमा जिम्मेवारी सम्हाल्नु हुने कार्यकारी प्रमुख ज्यू लगायत सम्पुर्ण जनप्रतिनिधीज्युहरू, नगरपालिकाका सम्पूर्ण कर्मचारीहरू, सम्पुर्ण राजनितीक दल, दमक उद्योग बाणिज्य संघ, तथा बस्तुगत संघहरू, व्यवसायीहरू, संचार माध्यम तथा पत्रकार, सुरक्षाकर्मी, स्वास्थ्य संस्थाहरू, विभिन्न संघ संस्थाहरू तथा आम दमक नगरवासीह?मा संस्थाको तर्फ बाट हृदय देखिनै धन्यवाद व्यक्त गर्दछौ । यसै गरी हामि संग एउटा परिवारको सदस्य भई फोहोरमैला ब्यवस्थापनको कार्यमा सम्लग्न हुनु भएका सफाई कामदार, सवारी चालक र कर्मचारीहरूलाई जस्तोसुकै विषम परिस्थितीमा समेत अविचलीतभई कार्य गर्नु  भएकोमा धन्यवाद व्यक्त गर्दछौ । यो घडिमा फाहोरमैला व्यवस्थापनको यो महत्वपुर्ण कार्यको लागी प्रकृया शु? गर्ने र नेतृत्वदायी भुमिका निर्वाह गर्नुहुने तत्कालिन नगरपालिकाका कार्यकारी अधिकृत स्व यूवराज दाहाललाई विषेश सम्झन चाहान्छौ जसको दृढ संकल्प र नेतृत्वदायी भुमिकाले आज  दमकलाई सफा र सुन्दर शहरको ?पमा हामिले पाउन सकेका छौ।

आगामि दिनमा यस नगरपालिकाको फोहोरमैला ब्यवस्थापनको कार्यमा जजस्ले जुनजुन स्थान बाट जिम्मेवारी सम्हाले पनि यस नगरपालिकाले फोहोरमैला ब्यवस्थानको माध्यम बाट स्थापित गर्न  सफल रहेको आफ्नो शाख, गरिमा र सौन्दर्यतालई थप उचाईमा पुर्याउन सफलता मिल्नेनै छ भन्ने बिश्वास र शुभकामनाका साथ नवबर्ष २०७७ ले कोरोना को यस सङ्क्रमण बाट सहज उन्मुक्ति पाउने अवसरको श्रृजना गर्ने नै छ भन्ने शुभकामनाका साथ पुन एक पटक यो गहन जिम्मेवारी बाट अलग भए पनि दमक नगरबासीको माया‘ र ममता सदा जीवित रहने बिश्वासका साथ बिदा चाहान्छौ ।
धन्यवाद ।

२०७६ चैत्र ३०
पाथवे नेपाल–ग्रिनलिङ्ग फाउण्डेशन, ईटहरी
व्यवस्थापक ः सुवास बस्नेत, निर्मला चौधरी, अजय अग्रवाल

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here