दमक, ३० चैत / हाल विश्व भर महामारिको रुपमा फैली रहेको कोरोना भाइरसकाे संक्रमण नियन्त्रणकाे लागि दमक ३ मा रहेकाे दुम्से खानेपानी तथा सरसफाई सस्थाले दमक नगरपालिकाकाे काेषमा सहयाेग गरेकाे छ ।
सस्थाले अाज दमक नगरपालिकाकाे कोरोना भाइरस रोकथाम तथा ब्यवस्थापन एवं राहत कोषमा ५१ हजार सहयाेग गरेकाे हाे । उक्त रकम वडा नं ३ को विपन्न परिवारलाई खाधान्न सामाग्री खरिद गर्नेका लागि जम्मा गरीएकाे जानकारी गराइएकाे छ ।
सस्थाले सम्पुर्ण उपभोक्तालाइ २०७६ चैत्र महिनाको पानीको न्युनतम महसुल १० युनिट बराबरको रकम रु ९० छुट दिने निर्णय समेत गरेकाे जानकारी गराएकाे छ । तर न्युनतम भन्दा माथिको शुल्क साविकै अनुसारले लाग्ने समेत जनाएकाे छ साथै याे यसमहामारीकाे समयमा सम्पुर्ण उपभोक्तहरूलाइ पिउने पानी उमालेर मात्र प्रयोग गर्न समेत संस्थाले अनुरोध गरेकाे छ । र लकडाउन समय भर कार्यालय बन्द रहने सस्थाले जनाएकाे छ ।