दमक अस्पतालमा कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट शुरु

0
1166

दमक, ३० चैत /  झापाको सरकारी अस्पताल दमक अस्पतालमा आज देखि कोरोना भए नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट शुरु गरिएको छ । र्यापिड डाइगोनोस्टिक टेस्ट किट (आरडीटी) बाट टेस्ट शुरु गरिएको हो । विदेशबाट आएर होम क्वारेन्टाइनमा बसेका र क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण शुरु भएको हो ।

किटले पोजेटिभ देखाएमा आइसुलेसनमा राखेर उपचार शुरु हुनेछ र स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल वा बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईने अस्पताल श्रोतले बताएको छ । नेपालमा कोराना भाइरस संक्रमण फेला परेको बिमान भएर नै विदेशबाट आएका दुइजनाको पनि आज किट मार्फत परीक्षण हुनेछ ।

दमक नगरपालिकाका स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसनर होम क्वारेन्टाइन तथा पहिला क्वारेन्टाइनमा बसेर घर गएर होम क्वारेन्टाइनमा बस्दै आएका बिदेशबाट फर्किका दमक वाड न.१,५,६,र ७ का बासिन्दाहरुबाट सुरु  गरिएको छ ।  यसले स्थानीय स्तरमा कोरोना परीक्षणमा सहजता पैदा भएको र अब शंकाश्पद विरामीहरुलाइ पहिलो चरणको परीक्षण गर्न सहज आएको पनि  बरालले जनाए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here