झापा, हाल विश्व भर काेराेना भाइरसकाे संक्रमण बढी रहेकाे छ । यही बेला नेपालीहरूकाे नया वर्ष पनि नजिकिएकाे छ । यही नया वर्ष २०७७ काे अवरमा प्रतिनिधि सभा सांसद तथा नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र कुमारी लिम्बुले देश तथा बिदेशमा रहेका नेपाली लाइ नयाँ वर्षकाे शुभकामना दिएकी छन् ।
उनले आफ्नाे फेसबुकमा सबै संग भेटेर नयाँ वर्ष मनाउन मन भएकाे तर नपाएकाेले समाजिक संजालकाे प्रयाेग गरेर शुभकामना दिएकाे बताएकी छन् ।
नयाँ बर्ष २०७७
आदरणीय देश , विदेशमा रहनुभएका मेरा आदरणीय बुवा ,आमा दाजुभाई तथा दिदीबहिनीहरु
नयाँ जोश, उमङ्ग र खुशियालीका साथ तपाईहरू संग भेटेरै मनाउने। चाहना थियो।तर बिश्वभर फैलिएको कोरोना भाईरस को सङ्क्रमण का कारण हामी आफ्नो आफ्नो बास स्थानमा सुरक्षित रहदै महामारी बाट बच्न र जोगिन लक डाउनलोड मा छौ। नेपाली हरुको आफ्नो नयाँ बर्ष २०७७ हाम्रो घर आँगनमा प्रवेश गर्दैछ।बितेका बर्ष हरु बाट सिक्दै नयाँ बर्ष सम्पुर्ण स्वदेश तथा विदेशमा रहनु भएका तपाईं संग अनुपम याद र उर्जा लिदै अगाडी बढ्ने चाहाना लक डाउन का कारण पुरा नहुने भयो।तर पनि मेरो मन मस्तिष्क मा तपाई र तपाईको परिवार सहित सम्पूर्ण देश विदेशमा रहनुभएका तपाईं हरु सगको सम्बन्ध यो बिपतको घडिमा झन ताजा भएर आएको छ ।सुख दुःख मा तपाईं ले दिएका ति सुझाव हरु लाई नया बर्ष २०७७मा पुरा गर्न सधैँ तत्पर हुनेछु।यो नयाँ बर्ष ले तपाईं का सबै ईच्छा र चाहना पुरा हुन सकुन।यो कोरोना भाईरस बाट तपाईं र सपरिवार सहित देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु सकुसल रहन सक्ने ईश्वरी शक्ति प्राप्त होस।लक डाउन सकिए सगै हामि सबै नेपाली ले कोरोना सग बिजय हासिल गर्ने शक्ति प्राप्त होस भन्दै फेरी नया बर्षको शुभकामना व्यक्त गर्दछु। जय नेपाल
महेन्द्र कुमारी लिम्बु
सांसद, प्रतिनिधि सभा तथा नेपाली कांग्रेस महासमिति सदस्य