दमक / झापा दमकमा संचालनमा रहेका चार एम्बुलेन्स चालक लाइ पि पि इ वितरण गरीएकाे छ ।
दमकमा रहेकाे लायन्स क्लब अफ दमक इस्टर्न लाइनले दमकका चार एम्बुलेन्स हिमा ढकाल एम्बुलेन्स सेवा, दमक अस्पताल, नेपाल भारत मैत्री संघ गाेर्खा, स्वर्गिय दिलिप प्रसाद सुबेदी स्मृति प्रतिष्ठान दमक ६ द्वारा संचालित एम्बुलेन्सका चालकलाइ क्लबले एक कार्यक्रमका गरी हालकाे अवस्थामा काेराेना भाइरसकाे संक्रमण बाट ५ हजार २ सय बराबरकाे बच्न्न् ब्यक्तिगत सुरक्षा उपकरण (PPE) वितरण गरेकाे छ ।
दिन रात नभनि अापतकालिन सेवामा खटिने एम्बुलेन्स चालक कोरोना भाइरस संक्रमणकाे जाेखिम हुने भएकाले क्लबले ब्यक्तिगत सुरक्षा उपकरण (PPE) एम्बुलेन्सका चालकलाइ हस्तान्त्रण गरेकाे लायन्स क्लब अफ दमक इस्टर्न लाइनका अध्यक्ष तुलसी राम तिम्सिनाले बताए ।
उक्त कार्यक्रममा एरिया काेअर्डिनेटर अजय अग्रवाल, लायन्स क्लब अफ दमक इस्टर्न लायन्सका पुर्व अध्यक्ष बिमल शर्मा, क्लबका पधादीकारीहरू युवी खत्री, बिबेक बजगाइ, गंगादेव चाैधरी, लायन्स क्लब अफका अध्यक्ष ज्ञानु पाैडेल, दमक उधाेग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्का लगायतकाे उपस्थिती रकेकाे थियाे ।