दमक चियाबगानका मजदुरलाई कांग्रेस कार्यकर्ताले बाँडे राहत

0
489

दमक, २९ चैत /  लामो समय देखीको लकडाउनका कारण दमकमा रहेको चियाबगानका मजदुरलाई खाद्यान्नको अभाव भएकोले दमक ४ का नेपाली कांग्रेसका अगुवा कार्यकताहरुले आज राहत बितरण गरेका छन् ।

नेपाल किसान संघ झापाका सभापती राजेन्द्र भट्टराईको अगुवाईमा कांग्रेस कार्यकताहरु, कांग्रेस वडा सभापती पुण्य दाहाल, राजेन्द्र सिटौला, नगर सह सचिव दिपेश दाहाल लगायत कांग्रेस कार्यकर्ताहरु टंक पाण्डे, राजु मिश्र, रामकृष्ण रेग्मी लगायतले चिया बगानका मजदुरलाई राहत वितरण गरेको किसान संघ झापा सभापती भट्टराईले   बताए ।

चियाबगानमा कार्यरत मजदुर अहिले काम नहुँदा भोकै बस्नु परेको अवस्थामा नगरपालीकामा राहतको लागी कुरा गर्दा वडाले व्यवस्था गर्छ भन्ने र वडामा कुरा गर्दा नगरपालीकाले गर्छ भन्दै एक अर्कालाई देखाएर पन्छिको भन्दै आफुहरुले राहत उठाएर वितरण गरेको उनले बताए ।

टोल बिकाश समितिले शिफारिश गरेको नामावलीका आधारमा प्रति घर एक बोरा चामलको दरले आज ८३ बोरा चामल उपलब्ध गराईएको उनले बताए  । बाँकी ४५ परिवारलाई पनि राहत दिनको लागी रकम संकलन गरिरहेकोले केहिदिन भित्रमै व्यवस्था गर्ने उनले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here