दमकका निर्माण ब्यवसायी, युवा नेता राजकुमार थापाले गरे ठाउँ ठाउँमा राहत सहयोग

0
545

दमक। झापा दमकका युवा ब्यवसायी तथा युवा संघ नेपालका प्रदेस कमिटी सदस्य राजकुमार थापाले निरन्तरको लक डाउनका कारण प्रभावित जनजीवनलाई राहत दिने उद्देश्यले स्थानीय सरकार मार्फत झापा र मोरङमा करिब ५ लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरेका छन् ।

थापाले मोरङ्को मिक्लाजुङ गाउँपालिका मार्फत बिपन्नहरुका लागि नगद २ लाख रुपैयाँ सहयोग गरेका छन् । दमकको ९ नम्बर वडा कार्यलय मार्फत ५० हजार रुपैयाँ बराबरको मास्क, १ लाख १४ हजार रुपैयाँ बराबरको चामल, १०० केजी दाल, १०० केजी नुन र १०० लिटर खानेतेल , दमक ४ मा २५ हजार रुपैयाँ , दमक ७ मा २५ हजार ५५५ रुपैयाँ र नेकपा दमक नगर कमिटी मार्फत नगद ५० हजार रुपैयाँ प्रदान गरेका हुन् । जानकारी

थापाले यतिबेला कोरोनाको संक्रमणको त्रास रहेको र सबैले घर घरमै बसेर सहयोग गर्नुपर्ने समय भएकाले यसबाट उत्पन्न परिस्थितिमा थोरै भएपनि सहयोग गरौ भन्ने भावनाका कारण आफुले सहयोग गरेको  र दमकका केही वडामा थप  सहयाेग गर्ने बताए । थापाले भने धनको धनी त म हैन तर पनि मनको धनी हुनाले यो सहयोग गरेको हु । थापा जे एन जे निर्माण कम्पनी र एन आर आर एन कन्कृटका अध्यक्ष र दमक उध्योग बाणिज्य संघका कार्य समिती सदस्य  पनि रहेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here