झापा / दमक सबै वडामा लक डाउन प्रभावित बिपन्नहरुका लागि खाध्यान्न राहत पठाएको छ । केही दिन यता दाताहरुले प्रदान गरेको राहतमा नगरपालिकाले समेत थप गरेर चामल, तेल, दाल, चिउरा , साबुन लगायतका सामान १० वटै वडा बाट बितरण सुरू गरीएकाे छ ।
दमक १ मा जम्म २७८ परीवारकाे नाम संकलन गरीएकाे थियाे उक्त परीवारमा मध्ये १३२ घरमा वडाले तयार पारेकाे बिपत ब्यवस्थापन समिति र बिभिन्न पार्टिका प्रतिनिधिकाे उपस्थतिमा राहत सामाग्री बितरण गरीएकाे वडा अध्यक्ष तारा प्रसाद अधिकारीले बताए । त्यस्तै दमक २ मा जम्मा ३३२ परीवार मध्ये हिजाे १०६ परीवारलाइ र आज ११६ परीवारलाइ र बाकी ३९ परीवार लाइ भाेलि बाढिने वडा अध्यक्ष प्रजापति साप्काेटाले जानकारी दिए ।
दमक ३ मा पनि आजनै राहत सामाग्री बाढिएकाे छ । वडा जम्मा ३२४ परीवारकाे नाम संकलन गरीएकाे मा शनिवार २५१ परिवार लाइ बितरण गरीएकाे वडा सचिब सन्दिप सुबेदीले जानकारी दिए । वडा नम्बर ४ मा जम्मा १७४ परीवारकाे सबै लाइ बितरण गरीएकाे तर धेरै परिवार बाकी रहेकाेले दाेस्राे चरणमा ति परीवारलाइ बितरण गरिने वडा सदस्य मनिकुमार धिमालले बताए ।
वडा नम्बर ५ मा जम्मा २११ परीवारकाे नाम संकलन गरीएकाे थियाे जसमध्ये शनिवार ११२ परीवारलाइ बितरण गरीएकाे वडा सचिव भाेजु थुलुङले बताए ।
दमक ६ मा ९३ परीवारकाे नाम संकलन गरी एकाे थियाे जसमा ८२ परीवारलाइ राहात समाग्री बितरण गरीएकाे वडा अध्यक्ष टेक बहादुर थापाले जानकारी दिए । त्यस्तै दमक ७ मा हिजाे १३५ परीवार लाइ बितरण गरीएकाे थियाे भने आज २७५ परीवार गरी जम्मा ४१० परीवारलाइ बितरण गरीएकाे वडा सदस्य श्याम कार्कीले बताए ।
दमक ८ मा १३० परीवारकाे नाम संकलान गरीएकाे मा सबैलाइ राहत सामाग्री बितरण गरी सकिएकाे वडा सदस्य भिम राज केसीले जानकारी दिए । दमक ९ मा हिजाे र आज गरी संकलन गरीएका २ सय ५५ परिवारलाइ नै सुरक्षित दुरी कायम राखेर सुरक्षित तरीकाले बितरण गरीएकाे वडा सदस्य समिन रिजाले जानकारी दिए ।
दमक १० मा १८५ परीवारकाे नाम संकलन गरीएकाे थियाे जस्मा हिजाे र अाज सबिककाे १८,१९ का ६५ परीवार लाइ वडाले तयार पारेकाे बिपत ब्यवस्थापन समिति र बिभिन्न पार्टिका प्रतिनिधिकाे उपस्थतिमा बितरण गरीएकाे बाकी रहेका लाइ आइतबार बितरण गरीने वडा सदस्य बालकृष्ण खनालले जानकारी दिए ।
प्राय सबै वडामा राहत समाग्री बिरणमा भने जस्ताे नभएकाे स्थानियकाे गुनासाे छ । पहिलाे चरणमा छुटेका लाइ दाेस्राे चरणमा सम्बाेधन गरीने जनप्रतिनिधिले आश्वासन दिएका छन् । यता सबै वडामा वडास्तरकाे सर्वदलीय निर्णय अनुसार तय गरिएका सरकारले तोकेको मापदण्ड भित्र परेका नगरबाशी बिपन्नहरु लाई बिना भेदभाव राहत प्रदान गरिएकाे नगरपालिकाले जनाएको छ ।