दमकमा संकलित राहत सामाग्रीकाे यसरी भयाे भागबण्डा, भाेलि सम्ममा घर घरमा पुग्ने

0
803

दमक। दमक सबै वडामा लक डाउन प्रभावित बिपन्नहरुका लागि खाध्यान्न राहत पठाएको छ । केही दिन यता दाताहरुले प्रदान गरेको राहतमा नगरपालिकाले समेत थप गरेर चामल, तेल, दाल, चिउरा , साबुन लगायतका सामान १० वटै वडामा पठाउने काम भैरहेको प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्शिनाले जानकारी दिए ।

दमक ७ का वडाध्यक्ष भिम पौडेलले आजनै राहत बितरन सुरु गरिएको जानकारी दिए । त्यसैगरी २ नम्बर वडामा पनि आजनै बितरण सुरु भएको वडा अध्यक्ष प्रजापती सापकोटाले बताए । उता दमक ९ मा पनि आजनै बितरण सुरु भएको वडा सदस्य समित रिजाले जानकारी दिए । दमक ३ मा भाेलि देखि बितरण सुरू गरीने वडा सचिब सन्दिप सुबेदि ले बताए जानकारी दिए ।

सबै वडाकाे बिबरण संकलन भइसकेकाे छ । नगरपालिकामा जानकारी हुनुपर्यो कोहि भोको छ भने त्यहाँ हामी खाद्यन्न लिए पुग्नेछौ उपप्रमुख गीता अधिकारी भनिन   हाल दमकका  २ हजार २ सय ४६  घरपरिवारलाइ आज र भोलीदेखी सबै वडामा बितरण  गरिने र नागरिकता वा भोटरकार्ड खोजिएको भन्ने कुरामा सत्यता नरहेको पनि उप मेयर अधिकारीले बताइन्

उनले वडास्तरकाे सर्वदलीय निर्णय अनुसार तय गरिएका र सरकारले तोकेको मापदण्ड भित्र परेका नगरबाशी बिपन्नहरु लाई बिना भेदभाव राहत प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here