दमक, दमक जेसीजले नगरस्तरिय कोरोना भाइरस नियन्त्रण तथा राहत कोषमा ८० हजार एक सय रुपैया प्रदान गरेको छ । दमक नगरपालिकाले गठन गरेको उक्त कोषमा सहयोग पुरयाँउन जेसीज सदस्यहरुवाट संकलित ८० हजार एक सय रुपैया प्रदान गरिएको अध्यक्ष कमल कटुवालले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण नियन्त्रण गर्न ,प्रभावितहरुको उपचार तथा लकडाउनका क्रममा मारमा परेका अतिविपन्न परिवारलाई राहत पुरयाँउन उद्देश्यले जेसीज सदस्यहरुवाट संकलित रकम कोषमा बुझाईएको उनले जानकारी दिए ।
जेसीज सदस्यहरुको एक टोली बिहिबार नगरपालिका पुगेर सो नगद राहत नगर प्रमुख रोमनाथ ओली,उपप्रमुख गीता अधिकारीलाई हस्तान्तरण गरेका थिए । नगद राहत हस्तान्तरणमा नेपाल जेसीजका निर्वतमान राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी,दमक जेसीजका अध्यक्ष कटुवाल ,पूर्वअध्यक्ष चन्द्र खत्री, दमक जेसीजका उपाध्यक्ष सहदेव भट्टराई ,तालिम निर्देशक सुमन कोइराला लगायतको उपस्थिति रहेको थियो ।