दमक,२१ चैत । झापाको दमक २ का वडाध्यक्ष प्रजापति सापकोटासहित स्थानीय दाताहरुले कोरोना प्रभावितहरुका लागि आज ठुलो परिणाममा खाद्यान्न सामाग्रीहरु नगरपालिकाको राहत कोषमा जम्मा गरेका छन् ।
लकडाउनका कारण प्रभावित वडाका अति विपन्न परिवारलाई राहत पुरयाँउन उद्देश्यले संकलित सो राहत नगरपालिकाको कोरोना भाइरस नियन्त्रण तथा राहत कोषमा जम्मा गरिएको वडाध्यक्ष सापकोटाले वताए ।
वडाध्यक्ष सापकोटाले १ हजार २ सय ५० केजी चामल , गुणराज थापाले २ हजार केजी चामल , १०० केजी दाल र १०० लिटर खानेतेल, भवानि बरालले १०० केजी नुन, भक्त बहादुर निङ्लेखुले १२५ केजी चामल, शुभकामना सहकारीले ५०० केजी चामल, बिजय बरालले २०० केजी चामल , सुर्योदय राइस मिलले १०० केजी, सिंहदेवि राइस मिलले १०० केजी, भागवत दुलालले १०० केजी, प्रथम धिमालले १०० केजी चामल र पर्शुराम भट्टराईले खानेतेल १० लिटर खानेतेल उपलव्ध गराएका हुन् ।
नगरपालिकाले एकद्धार प्रणालीमार्फत राहत प्रदान गर्ने निर्णय गरेकाले वडामा संकलन भएको सबै राहत वडाका ४७ वटा टोलका कुल ३३३ परिवारलाई प्रदान गरिने निर्णय भएको समेत वडाध्यक्ष सापकोटाले वताए ।