झापा/ झापा दमकस्थित कर्नरस्टोन फाउन्डेसनका सस्थापक प्रीन्सिपल युवराज गजमेरले दमक १ स्थित मनकामना टोलका बिपन्न १२० परिवारलाई आज खाध्यन्न राहत वितरण गरेका छन् ।
उनले आफ्नै घर नजिक रहेकाे सुकुम्बासी बस्तिका दैनिक मजदुरी गरेर जिबिकाे पार्जन गर्दै अाएका बिपन्न परीवार लाइ आफ्नै घरमा बोलाएर चामल, तेल, दाल लगायतका सामान बितरन गरेका हुन् । गजमेर लायन्स क्लब दमक ईस्टन लायनका सदस्य पनि रहेका छन् ।
उनले पालै पालो गरी दूरी कायम गरेर बिना भिडभाड प्रति परिवार १ बोरा चमाल, १ केजी दाल. १ लिटर तेल, १ किलाे नून वितरण गरेको बताए । यस अघि पनि समाजिक काममा निकै अग्रसर रहेका गजमेरले भने यस महामारी बाट बच्न सबै मिलेर बाढी चूड़ी खाएका हाै । देश भर लकडाउन गरेकाे समयमा छर छिमेक सबै एक साथ भएर घरमै बसी काेराेना भाइरसकाे बिरूद्वमा लाग्न जरूरी छ ।