दमक / झापाको दमकमा कोरोना रोकथाम तथा न्यूनीकरण नगर समन्वय समितिले हाल सम्म कुल ७ लाख रुपैयाँ नगद र विभिन्न किसिमका जिन्शी राहत प्राप्त भएको सार्वजनिक गरेको छ । नगर प्रमुख रोमनाथ ओलीको अध्यक्ष्यतामा आज बसेको बैठकले हाल सम्म सङकलन भएको राहत विवरण अनुमोदन गरेको हो ।
बैठक पछि नगरपालिकाकि उपप्रमुख समेत रहेकी प्रबक्ता गीता अधिकारीले जारी गर्नु भएको बिज्ञाप्तीमा जनाइए अनुसार नगद ७ लाख ५८ हजार र ६ हजार ३०० केजी चामलसहित नुन, तेल, दाल आदि खाध्यन्न राहत प्राप्त भएको छ ।
त्यसैगरी बैठकले सो राहत रकम नगरका बिपन्न तथा ज्यालदारिमा काम गर्ने बर्गलाइ बितरण गर्ने योजनाका लागि एक कार्यदल समेत गठन गरेको जनाइएको छ । बैठकले हाल दमक ४ मा रहेको क्वारेन्टआइन लसि १०० सैयाको बनाउने पनि निर्णय गरिएको छ । सरकारले घोषणा गरेको लक डाउनको पुर्ण पालना गर्न पनि नगरबासी लाई आव्हान गरिएको प्रमुख प्रसासकिय अधिकृत गणेश तिम्शिनाले जानकारी दिए ।