दमक ,चैत्र १९/ रतुवामाँवा खोला निकासी हेना कन्सट्रकसनका प्रोप्राईटर गणेश बस्नेतको समुहले दमक नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषलाई रु २ लाख रुपैयाँ प्रदान गरेको छ ।
बुधबार सो रकमको चेक दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई हस्तान्तरण गरिएको दमक जेसिजका पूर्वअध्यक्ष चन्द्र खत्रीले जानकारी दिए । नगरपालिकाले कोरोना भाईरसको क्षेत्रमा काम गर्न सो कोष खडा गरेको थियो । सो कोषमा धमाधम रकम सङ्कलन भईरहेको दमक नगरपालिकाले जनाएको छ ।
यता झापाली इँटा उद्योग कमल १ का भगवान् बस्नेतले कमल गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा रु ५१ हजार रकम सहयोग गरेका छन् । उनले कोरोना प्रभावित नागरिकहरुको हितमा काम गर्न भन्दै सो रकम प्रदान गरेका हुन् ।
यसैबिच बस्नेतले चैत्र महिनाको घर भाँडा नलिने घोषणा गरेका छन् । दमक ६ मा रहेको ब्यापारिक प्रयोजनका लागी दिइएको घरको चैत्र महिनाको भाँडा नलिने बताएका हुन् ।