कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो, ८ लाख ५८ हजार ८ सय बढीमा संक्रमण

0
300

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ ।

८ लाख ५८ हजार ८ सय ९२ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमितहरु ठूलो संख्यामा उपचारपछि निको पनि भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् । कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा थप ८ सय ३७ जनाको मृत्यु भएको छ ।

त्यहां मृतकको संख्या १२ हजार ४ सय २८ पुगेको छ । कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ । त्यहां थप ७ सय ४८ जनाको मृत्यु भएको छ । यता अमेरिकामा पनि कोराना संक्रमण तीब्र गतिमा फैलिरहेको छ ।

थप ७ सय १९ जनाको मृत्यु भएपछि अमेरिकामा मृतकको संख्या ३ हजार ८ सय ६० पुगेको छ । फ्रान्समा पनि मृतकको संख्या बढेको छ । त्यहां कोरोनाका कारण ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ ।

उता, इरानमा २ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ । बेलायतमा १ हजार ७ सय ८९ जनाको मृत्यु छ । जर्मनीमा थप १ सय ३० जनाको मृत्यु भएको छ भने मृतकको संख्या ७ सय ७५ पुगेको छ । कोरोना संक्रमण नियन्त्रण गरेको चीनमा हालसम्म ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्ड्समा १ हजार ३९ जनाको मृत्यु भएको छ । बेल्जियममा ७ सय सय ५ जनाको मृत्यु भएको छ । पोर्चुगलमा १ सय ६० जनाको मृत्यु भएको छ ।

यता भारतमा पनि कोरोनाको महामारी फैलिरहेको छ । मृतकको संख्या ३५ पुगेको छ भने १ हजार ३ सय ९७ जना संक्रमित छन् ।

आमनागरिकले लकडाउन र सरकारी निर्देशन पालना नगरेका कारण क्षति बढिरहेको अधिकारीहरुको भनाई छ । पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ९ सय ३८ पुगेको छ । बंगलादेशमा कोरोना संक्रमणका कारण पांच जनाको मृत्यु भएको छ । (एजेन्सी)

लाइभ अपडेट हेर्न यहा थिच्नुहाेस् 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here