कर्णाली सहकारी संस्था दमक शाखाले दियाे पचास हजार

0
520

दमक / कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि  दमक नगरपालिकाद्वारा स्थापना गरिएको राहत कोषमा आज     निम्न  दाताहरुले सहयोग  गरेका छन् ।

कर्णाली सहकारी संस्था दमक शाखा का प्रतिनिधि र नगरपालिकाका प्रतिनिधि

दमकमा रहेकाे कर्णाली बचत तथा ऋण सहकारी संस्था लि दमक शाखाले  पचास हजार बराबरको खाद्यान्न सामग्री दिने प्रतिबद्वता गरेकाे छ । सहकारीका दमक सेवा केन्द्रका संयाेजक केशब दाहाल र कर्मचारी चैतन्य अधिकारीलृ अाज दमक नगरपालिकाकी उप प्रमुख गीता अधिकारी र नगरपालिकाका कार्यकारी अधिकृत गणेश प्रसाद तिम्सिना लाइ उक्त प्रतिबद्वता पत्र हस्तान्त्रण गरेका छन् ।

त्यस्तै अाजनै  राष्ट्रिय प्रजातन्त्र पार्टी, दमक नगर समितिले एक लाख एक हजार,   मारवाडी सेवा समिति दमकले हजार केजी चामल १०० केजी दाल ५० लिटर खानेतेल १०० केजी नून , उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) दमक, झापा ३५ बोरा चामल (८७५ )केजी,३ मुसुरी दाल ९३५ केजी, ३५ लिटर खानेतेल, ३५ केजी नून, ३५ पाकेट चिउरा, दुर्गा तामाङ, दोर्जे होटल दमक ९ ले दश हजार, दमक नगर इसाई समाज परिवार दमकले ८४ हजार ७ सय,  ग्रीन वे एजुकेशन एकेडेमी दमक ५ ले  पचास हजार सहयाेग गरेका छन् । सम्पूर्ण दातालाई दमक नगरपालिकाले धन्यवाद   ब्यक्त गर्दै सहयाेग गर्न चाहनेले नगरपालिकामा सम्पर्क गर्न समेत अनुराेध  गरेकाे छ ।

त्यस्तै नगरपालिकाले  काेराेना राेकथामकाे लानि निम्नकार्य समेत गरेकाे छ ।

१। दमक नगरपालिका –४ स्थीत ताराबारीको क्वारेन्टाईनमा ४ जना रहेको र निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
२। दमक अस्पतालमा रहेको फिभर क्लिनिकमा ३ जना महिला र ४ जना पुरुषको स्वास्थ्य जाँच गरिएको छ ।सबैको अवस्था सामान्य रहेको छ ।आम्दा अस्पतालमा मिति २०७६ र १२ र १७ मा कूल ९ जना ज्वरोको बिरामी जाँचका लागि आएकोमा सबैको अवस्था सामान्य रहेको छ ।
३। वडा सचिव र वडास्थीत आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुलाई आपसी समन्वय गरी विदेशबाट आएका व्यक्ति र तीनका परिवारको अवस्थाको दैनिक जानकारी नगरपालिकामा गराउन निर्देशन दिइएको छ ।
४। म्ष्कष्लाभअतष्यल क्उचबथ गर्ने कार्य जारी रहेको छ ।
५। जनचेतनामूलक सन्देश प्रचारप्रसार गर्ने कार्य निरन्तर रुपमा भइरहेको छ । राहत वितरणका लागि लगत संकलन गर्ने कार्य जारी रहेको छ ।
६। दमक नगरपालिकाको अन्य सबै अवस्था सामान्य रहेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले आफ्नो श्रोत, साधन र जनशक्ति सबै परिचालन गरिरहेको हुँदा कोही पनि आतंकित र भयभित नभई सावधानीपूर्वक घरभित्रै बसेर नेपाल सरकार, प्रदेश सरकार र नगरपालिकाले चालेका कदमहरुप्रति आश्वस्त भई सहयोग गरिदिनु हुन दमक नगरपालिका हार्दिक अपिल गर्दछ । साथै कुनै विशेष जानकारी गराउनुपर्ने अवस्था भएमा नगरपालिका स्वयंले नगरबासीहरुमा आधिकारिक संचार माध्यमबाट सुसुचित गराउने हुँदा निराधार तवरले सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट सम्प्रेषण हुने सूचनाहरुमा भर नपर्न नगरपालिकाले जनाएकाे छ ।

यहा क्लिक गर्नु हाेला

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here