नेकपा दमक नगर समितिले गर्यो यस्तो अपिल

0
714

झापा / कोविड – १९ (कोरोना भाईरस)को महामारीले विश्व भरका नागरिकलाई गम्भीररुपमा प्रभावित गरिरहेको बेला नेकपा दमक नगर समिति ले विज्ञप्ति  निकालेकाे छ ।


विज्ञप्ति

मानवजाती लाई चुनौती दिदै हामीसामु यतिबेला कोविड – १९ (कोरोना भाईरस)को महामारीले विश्व भरका नागरिकलाई गम्भीररुपमा प्रभावित गरिरहेको छ । आजको मितिसम्म दुनियाँ मुलुकको तुलनामा हाम्रो मुलुकमा यसको प्रकोप कम देखिएको छ ।तापनि नेपाल कोरोना भाईरसको उच्च जोखिममा रहेको भन्ने विश्व स्वास्थ्य संगठनको ठहरछ। अाज बिश्वमा छ लाख भन्दा बढि मानिस यस्को संक्रमण बाट प्रभावित भएको अवस्था र २५ हजार मानिसले यसै संक्रमण का कारण जीवन गुमाउन पुगेका छन ।मृतक हरु प्रति हार्दिक श्रद्धाञ्जली र बिरामी प्रति सिघ्र स्वास्थ लाभको कामना साथै मृतकका अाफ्न्तजनमा हार्दिक समवेदना
मानवजातीका लागि घातक COVID 19 को संक्रमण लाई र‍ोक्न नेपाल सरकारले हाम्रो देशमा कोरोना भाईरसको संक्रमण फैलिन नदिन उच्च सतर्कताका साथ महत्वपूर्ण कदम चालेको यथार्थ सबैमा बिदितै छ साथै नेपाल सरकार ,प्रदेश सरकार र स्थानीय सरकार (दमक नगर पालिका )अपनाएको सतर्कता र प्रयासको कारणले नै अहिलेसम्म हामी कोरोना भाईरसको महामारीले छुन सकेको छैन । अब हामी नागरिक ,निजिक्षेत्र ,संचारक्षेत्र र सम्पूर्ण राजनीतिक दलहरुले सरकारका यी कमदहरुलाई स्वागत, समर्थन गर्नु र साथ दिनु हरेक नेपालीको जिम्मेवारी हो । कोरोना भाइरस( COVID 19 )को संक्रमित हरुको उपचार मा लाग्नु हुने स्वास्थ्यकर्मि र स्वास्थ्य सुरक्षा लागि लाग्नुहुने सुरक्षाकर्मि हरुमा हार्दिक सम्मान व्यक्त गर्दै । उहाँहरु लाई थप उत्तप्रेणा प्रदान गर्ने ।स्वास्थ्य र सुरक्षाकर्मि हरुलाई अावस्यक उपकरणको व्यवस्था मिलाउन तिनै तहका सरकार संग माग गर्दछौं । दैनिक जालादारि बाट जिविकोपार्जन गर्नेुहुने बिपन् परिवारलाई त्तकाल राहतको व्यवस्था गर्ने स्थानीय सरकार , निजिक्षेत्र , सामाजिक अगुवा र नेकपा का नेता कार्यकर्ता लाग्न अाग्रह गरिन्छ।

नेपाल उच्च जोखिममा रहेको राष्ट्र घोषणा सन्दर्भमा दमक नगर पनि जोखिममा अछुतो पक्कै नहोला ।यस्तो अवस्थामा स्थानीय सरकार बाट नेपाल सरकार, १ नं प्रदेश सरकार ,स्थानीय सामाजिक संघ सस्था, निजीक्षेत्र , संचारकर्मी संग समन्वय गर्दै गम्भीरतापूर्वक लाग्न अपिल गरिन्छ । नेकपा दमक नगरमा अावद्व सबै तहका नेता कार्यकर्ता हरुले विश्वस्तरमा झन् पछि झन् विकराल बन्दै गएको यस रोगको संक्रमण फैलिन नदिन र कहीँ कसैमा देखापरिहालेमा पनि सुरक्षित तबरले उपचारको प्रबन्ध गर्न सरकारका प्रयासहरुलाई स्वयम्सेवी भूमिकाका साथ अा अाफ्नो ठाउँबाट सघाउन र अझ प्रभावकारी बनाउन जरुरी छ । यसनिम्ति मातत् पार्टीपङ्क्ति एवम् पार्टी निकटका जनवर्गीय संगठनहरुलाई अर्को निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गीय संगठनहरुका तर्फबाट बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रमहरु स्थगित गरि स्थानीय सरकार ,नेपाल सरकार र सरकारका अधिकारप्राप्त निकायहरुबाट गरिएका लकडाउन (बन्दाबन्दी )लगायतका सम्पूर्ण निर्णय, आह्वान र अपिललाई आफूले पूर्णरुपमा पालना गर्ने र पालना गर्नका लागि आमजनसमुदायमा सन्देश प्रवाह गर्ने । स्वास्थ्यकर्मी,स्वास्थ्य संस्था लगायत राज्यका आधिकारिक निकायहरुसँगको समन्वयमा स्वयम्सेवकको भूमिकामा निर्वाह गर्न अनुरोध गरिन्छ। अन्तमा सङ्किर्ण स्वार्थमा अल्झिएर भ्रम फिजाउने वा सीमित साधन स्रोतका बाबजुद सरकारले गरेका कामका अालोचना गर्ने हरुबाट सचेत रहनपनि अाग्रह गरिन्छ ।

**संक्रमणबाट जोगिन पालना गर्नु महत्त्वपूर्ण पक्ष *
 कोरोना भाईरसको संक्रमणबाट जोगिन आफूले नियमित रुपमा साबुन पानीले हात धुने वा गुणस्तरीय सेनिटाईजरले हात सफा गर्ने, मास्क प्रयोग गर्ने, भीडभाडमा नजाने, खोकी वा हाछ्युँ लागेमा कुईना वा टिस्यूपेपरले मुख ढाक्ने, अन्य व्यक्तिसँग कम्तीमा तीन फिटको दुरीमा रहनेलगायतका सतर्कताका तरिकाहरु अपनाउने । परिवार, छरछिमेकी तथा आमजनसमुदायलाई पनि तदनुरुप नै सतर्कता अपनाउन प्रेरित गर्ने, सघाउने ।
लाल सलाम सहित

बोधप्रसाद घिमिरे (अध्यक्ष )                                                                   तिर्थराज बस्नेत (सचिव)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा )                                                            नेपाल कम्युनिस्ट पार्टी (नेकपा )
दमक नगर कमिटी                                                                              दमक नगर कमिटी

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here