रकम संकलन गर्दै कांग्रेस

0
593

दमक / नेपाली कांग्रेस दमक ५ ले कोरोना प्रभावित अति विपन्न,मजदुर र दैनिक ज्यालादारी मा जीवन जिउने दमक बाशीलाई राहत प्रदान गर्न सहयोग रकम जुटाउन सुरू गरेकाे छ ।

पार्टीले राहत अभियान अन्तर्गत नेपाली कांग्रेस वडानं ५ वडा समिति ले चैतन्य बराल को संयोजकत्वमा राहत कोष संकलन गरेको हो । पार्टीका वार्ड सभापति राजु राउत, सम्योजक बराल लगायतको सकृयतामा जारी संकलनको क्रममा ११ जनाबाट कुल २२ हजार रुपैयाँ जुटएको बरालले जानकारी दिए । सो रकम नेपाली कांग्रेस नगरसमिति मार्फत दमक नगरपालिका राहत कोष लाई हस्तान्तरण गरिने उनले बताए ।

दाताहरूको विवरण यस प्रकार छ ।
१. चैतन्य बराल रु २०००/-
२. राजु राउत रु २०००/-
३. भिम ब. भट्टराई रु २०००/-
४. सुरेन्द्र कटुवाल रु २०००/-
५.शन्तोष गौतम रु २०००/-
६.धन ब. भट्टराई रु २०००/-
७. अर्जुन कार्की रु २०००/-
८.कृष्ण भट्टराई रु २०००/-
९. शकुन्तला भट्टराई रु २०००/-
१०. अम्विका भट्टराई रु २०००/-
११. एलिशा अोली रु २०००/-
पार्टीले यो अभियान मा जोडिन चाहने अन्य व्यक्तित्व हरुलाई पनि आव्हान गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here