दमक नगरपालिकाकाे राहत कोषमा सहयाेग जुट्दै, आज क-कस्ले गरे सहयाेग

0
1614

दमक /  कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि  दमक नगरपालिकाद्वारा स्थापना गरिएको राहत कोषमा आज    साेमबार निम्न  दाताहरुले सहयोग  गरेका छन् ।

कोरोना रोकथाम तथा नियतन्त्रण कोषलाई दमक उध्योग बाणिज्य संघकाे सहयाेग

दमक उद्योग वाणिज्य संघले १ लाख ११ हजार १ सय ११ रूपैया, रोटरी क्लब अफ दमकले १ लाख ४२ हजार,
लायन्स क्लब अफ दमक  माउण्ट एभरेष्ट, इस्टर्न लाइन, श्रीअन्तु, वेल सिटी, बिग बुद्ध, सेविका, स्वीट सिटी, ग्रीन सिटी
युनाइटेड, गोल्ड, धनेश्वर, माउण्ट मकालुले १०० बोरा चामल, हेम एण्ड माया थापा फाउण्डेसन न्यूयोर्क, अमेरिका बाट ५० बोरा चामल,  प्रजिता दंगालले  ५० केजी दाल र ५० केजी नुन, प्रजिताएकेडेमीजीवन शिवाकोटी र तारा लामिछाने दमक  १ नगद रु। २०,००० र न्यू जागृति बचत तथा ऋण सहकारी संस्था दमक ६२५ केजी चामल ४०० केजी चिउरा उपलब्ध गराएका छन्   सम्पूर्ण दातालाई दमक नगरपालिकाले धन्यवाद  समेत ब्यक्त गरेकाे छ ।

त्यस्तै नगरपालिकाले  काेराेना राेकथामकाे लानि निम्नकार्य समेत गरेकाे छ । 

१। दमक नगरपालिका वडा नं। ९ र १० मा Disinfection Spray गर्ने कार्य भएको छ ।
२। दमक नगरपालिका ४ स्थीत ताराबारीको क्वारेन्टाईनमा ४ जना रहेको र निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
३। दमक अस्पतालमा रहेको फिभर क्लिनिकमा ५ जना महिला र ७ जना पुरुषको स्वास्थ्य जाँच गरिएको छ ।
४। जनचेतनामूलक सन्देश प्रचारप्रसार गर्ने कार्य निरन्तर रुपमा भइरहेको छ । राहत वितरणका लागि लगत संकलन गर्ने कार्य जारी रहेको छ ।
५। दमक नगरपालिकाको अन्य सबै अवस्था सामान्य रहेको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले आफ्नो श्रोत, साधन र जनशक्ति सबै परिचालन गरिरहेको हुँदा कोही पनि आतंकित र भयभित नभई सावधानीपूर्वक घरभित्रै बसेर नेपाल सरकार, प्रदेश सरकार र नगरपालिकाले चालेका कदमहरुप्रति आश्वस्त भई सहयोग गरिदिनु हुन दमक नगरपालिका हार्दिक अपिल गर्दछ । साथै कुनै बिशेष जानकारी गराउनुपर्ने अवस्था भएमा नगरपलिका स्वयंले नगरबासीहरुमा आधिकारिक संचार माध्यमबाट सुसुचित गराउने हुँदा निराधार तवरले सामाजिक संजाल वा अन्य कुनै माध्यमबाट सम्प्रेषण हुने सूचनाहरुमा भर नपर्न  नगरपालिकाले जनाएकाे छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here