कोरोना रोकथाम तथा नियतन्त्रण कोषलाई दमक उध्योग बाणिज्य संघकाे सहयाेग

0
570

झापा / दमक उध्योग बाणिज्य संघले दमक नगरपालिकाले सन्चालन गरेको कोरोना भाइरस संक्रमण,रोकथाम तथा नियन्त्रण अभियानमा एक लाख ११ हजार १ सय १ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

आज संघका अध्यक्ष गोकुल श्रेष्ठ , पुर्व अध्यक्ष प्रकाश प्रसाईं सहित संघका नेता हरुको एक टोलिले नगर प्रमुख रोमनाथ ओलीलाइ सो रकम हस्तान्तरण गरेको हो ।

नगरपालिका को सो अभियान अन्तरगत, बिपत ब्यबस्थापन कोष मार्फत कोरोना प्रभावित निम्न वर्गीय परिवारलाई राहत स्वरुप उपलब्ध गराउन सो रकम प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सो अवसरमा नगर प्रमुख ओली , उप प्रमुख गीता अधिकारी ले संघको सहयोग प्रती धन्यवाद व्यक्त गरेकी छन् ।

साे अवसरमा दमक २ का वडा अध्यक्ष प्रजापति साप्काेटा, दमक ७ का वडा अध्यक्ष भिम प्रसाद पाैडेल, वाणिज्य संघका सदस्यहरू भरत चाैलगाइ ,नबिन अग्रवाल, दिनेश सुबेदी, तुलसी तिम्सिना,  दमकमा ब्यवसायी तथा समाजसेवी बिमल शर्मा, किरण भन्डारी लगायतकाे उपस्थिती रहेकाे संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिए ।

यस अघि  नेपाली कांग्रेसकि सांसद महेन्द्र कुमारी लिम्बुले समेत साे कोषमा नगद १० हजार रुपैयाँ प्रदान गरेकी छन् । स्वर्गीय बुबा मुगाधन र आमा कृष्ण कुमारी राई स्मृति प्रतिस्थानको तर्फबाट साम्सद लिम्बुले सो रकम हस्तान्त्रण गरेकी थिइन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here