दमकका सबै सस्था एक साथ सुरूभयाे यस्ताे अभियान “हरित नगर समृद्ध दमक, स्वच्छ बातावरण स्वच्छ जिवन”

0
418

दमक । दमक नगरपालिकाले नगरलार्ई सफाराख्न बिभिन्न ११ बुद्धे प्रतिबद्धता पत्रमा हस्ताक्षर अभियान गरि शुक्रबारबाट शुभारम्भ गरिएको छ ।

“हरित नगर समृद्ध दमक, स्वच्छ बातावरण स्वाच्छ जिवन” भन्ने मुल नारा सहित सरसफाई अभियानको नगर प्रमुख रोमनाथ ओली र उपप्रमुख गिता अधिकारीले संयुतरुपमा सुभारम्भ गरेका छन् । दमक नगरपालीकाले अगाडी सारेको सहरी सौन्दर्य, हरियाली प्रर्बद्धन तथा फोहोरमैला ब्यबस्थापन सम्बन्धी बिभिन्न ११ बुद्धे प्रतिबद्धता सार्बजनिक गरिएको छ ।

कार्यक्रमकाे सुभारम्भ गर्दै दमक नगरपालिकाकी उप प्रमुख गिता अधिकारी

दमकलाई सफा र स्वच्छ राख्नका लागी नगरपालिकाले अब नागरवासीलाई नै सचेत गराउने रणनिती लिएको बाताबरण शाखाले जनाएको छ । सो अवसरमा नगरप्रमुख रोमनाथ ओलीले अभियनलाई सफल बनाउन नगरका बिभिन्न संघसंस्थाहरु संग सहकार्य गरिएकोले सबै नगरबासीले पनि साथ सहयोग गर्न आग्रह गरे ।

दमक नगरपालिकाले फोहोर नगरौ भन्ने सचेतना मुलुक सामाग्री तयार पारिसकेकोले नगरका हरेक पसल र घर घरमा टास्ने स्टिकर, बाटामा हिड्ने पैदल यात्रीको हातहातमा ब्रोसर समेत बितरण गर्ने जनाएको छ । त्यसैगरि यस अभियानलाई सफल बनाउन बिभिन्न संचार माध्यम बाट सुचना समेत सम्प्रेशण गर्ने जनाएको छ ।

भिडियाे हेर्नुहाेस् 

https://www.facebook.com/doonlinetv/videos/838767139961100/

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here