बिबाह, पाटीका लागी आवश्यक पोशाक तथा गरगहना अब भाडामा

0
386

दमक / झापाको दमकमा बिबाह, पाटीका लागी आवश्यक पोशाक तथा गरगहनाहरु भाडामा पाइने भएको छ ।

दमक ६ स्थीत शिद्धी मार्केटमा बिहिबार बाट पुष्प भण्डारीले यो सेवा संचालनमा ल्याएका हुन् । प्लस रोयाल्टी रेन्टल्स एण्ड लण्ड्री नामबाट यो सेवा शुरु गरिएको हो ।

बिबाह,पाटी लगायतका कार्यक्रमका लागी बिभिन्न पोशाक तथा गर गहना ग्राहाकहरुलाई सिमित प्याकेजको लागी भाडामा पाईने भएको हो । समयको माग र बदलिदो समाजिक परिबेश अनुसारका बजारमा आएका नयाँ डिजाइनका पोशाकहरु अरुको देखासिखी गरि महंगो मुल्यमा खरिद गर्नुपर्ने बाध्यतालाई यो सेवाले हल गर्ने अर्का संचालक कबिता भण्डारीले बताइन् ।

यहाँ ५ सय देखि ३ हजार सम्मका पोशाकहरु भाडामा उपलबध हुने बताइएको छ । हाल बेहुला पोशाकहरु , पटुका , खुकुरी बेहुली पोशाकहरु मेहन्दीका डिजाइनर साथै अन्यको लागी दौरा सुरुवाल, कोट, सुट, लेहेङगा, चोली, वानपिस, गाउन, बिभिन्न जातिय पोशाकहरु उपलबध हुने बताइएको छ । भने अधुनिक मेसिन बाट कपडा धुलाइ समेत गरिने छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here