दमकमा बजाज पल्सर १२५ सीसी मोटरसाईकलकाे बिक्री सुरू

0
2827

झापा, ६ चैत्र /  झापाकाे दमकमा बजाज पल्सर २०२० मोडेलको १२५ सीसी मोटरसाईकल लञ्च भएकाे छ ।

बजाजको आधिकारीका बिक्रेता न्यू संगम इन्टरप्राइजेजले पल्सर १२५ सीसी ईन्जिन क्षमता भएको मोटरसाईकल लञ्च गरको हो । बिहिबार उक्त माेटर साइकलकाे न्यु संगम इन्टरप्राइजेज संचालक बिमल शर्माले  लञ्च गरेका छन् ।

देशैभरी पल्सर १२५ को लञ्च गर्ने कार्यक्रम अन्तरगत दमकमा पनि लञ्च गरिएकाे इन्टरप्राइजेज संचालक बिमल शर्माले बताए । उनले दमक बाट पहिलो पटक बजाज पल्सर १२५ सीसी बाईकको बिक्री सुरु गरिएको बताए । युवा पुस्तामा बजाज कम्पनीको पल्सर लोकप्रिय रहेकोमा पहिलो पटक कम्पनीले १२५ सीसी ईन्जिन क्षमता भएको बजाज मोटरसाईकल निर्माण गर्ने घोषणा गरेपछि यसलाई प्रतिक्षित मोटरसाइकलको रुपमा हेरिएको थियो ।

बजाज पल्सर १२५ सीसीको बाईकको माईलेज प्रति लिटर ६० किलोमिटर हुने र याे बाइकमा फुट ब्रेक संग हेन्ड ब्रेक लिंक गरिएकाे कारण  दुर्घटनाकाे जाेखिम कम हुने न्यू संगम इन्टरप्राइजेज सेल्ल म्यानेजर चुढामनि पाैडेलले बताए । उनले  अहिले पल्सर १२५ सीसीको बाईकको मुल्य २ लाख २४ हजार नौ सय तोकिएको र ग्राहकले यस बाईकलाई तिन ओटा कलरमा किन्न सकिने बताए । झट्ट हेर्दा बजाज पल्सर १५० जस्तै देखिने यो बाइकको कूल तौल १२६.५ किलोग्राम हुने कम्पनिले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here