लघुवित्तकाे पैसा लिएर अध्यक्ष बेपत्ता, सदस्यलाई ऋणको भार

0
398

 दमक / दमक–३ स्थित सुकुमबासी बस्तिका महिलाहरु आफ्नो वचत समूहकी अध्यक्ष बेपत्ता भए पछि ऋणमा डुवेका छन्  ।

सहारा नेपाल, जीवन विकास संस्था, फरवार्ड लगायतका लघुवित्त एवम् अन्य समुहहरुबाट सामुहिक जमानीमा ऋण लिएका उनीहरु अध्यक्षले लिएको लाखौं रुपैयाँ तिर्नु पर्दा संकटमा परेका हुन् । वचत समुहकी अध्यक्ष धनकुमारी मगर गत पुष १५ गते देखि बेपत्ता छिन् । उनले ति लघुवित्त, स्थानीय समुह तथा छरछिमेकी तथा आफन्तबाट समेत १० लाख रुपैयाँ भन्दा बढि ऋण लिएको स्थानीयले बताएका छन् ।

अध्यक्ष मगरको खोजी गरि दिन प्रहरीमा जानकारी गराए पनि आफुहरुले खोज्न नसक्ने जवाफ पाएको स्थानीयको गुनासो छ । लघुवित्त संस्थाहरुले सामुहिक जमानीमा ऋण दिने र एकजनाले नतिरे अन्य सदस्यले दामासाहीले तिर्नु पर्ने नियम बनाएका कारण बाँकि सदस्यहरु ऋणको भारमा परेका हुन् ।

अधिकांश सदस्यहरु मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका छन् । तर लघुवित्तबाट रकम संकलनमा आउने संकलन बेपत्ता सदस्यको समेत किस्ता नबुझी नजाने अडान लिएर बस्दा बाध्य भएर तिर्नु पर्ने सदस्यहरुले गुनासो गरेका छन् । बेपत्ता भएकी मगरका श्रीमान बैदेशिक रोजगारीमा रहेका छन् । बुहारी कहाँ र किन गईन आफुहरुलाई केहि थाह नभएको मगरका ८४ वर्षिय ससुरा खिन्नबहादुरले बताएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here