दमकमा रोटरी क्लब र वाणिज्य संघले गरे स्वास्थ्य सचेतना कार्यक्रम ( भिडियाे सहित )

0
428

दमक / झापाको दमकमा सामाजिक क्षेत्रमा क्रियाशील रहेको रोटरी क्लब दमकले दमक उधोग वाणिज्य संघको सहकार्यमा आज स्वास्थ्य र वातावरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको छ ।

क्लबले पछिल्लो समय विश्वमा फैलिइरेहको कोरोना भाइरसको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाईमा ध्यान दिनुका साथै वातावरण स्वस्थ्य राख्ने बिषयमा सचेतनामुलक कार्यक्रम गरेको हो । सो अवसरमा प्रदुषित वातावरणबाट जोगिन अनिवार्य माक्सको प्रयोग गर्नुपर्नेमा जोड दिदैं माक्स वितरण गरेको रोटरी क्लब दमकका सचिव झलराज गौतम राजु् ले जानकारी दिए

कार्यक्रममा दमक नगरपालिकाका मेयर रोमनाथ ओली सरसफाई तथा वातावरण समिति संयोजक तथा दमक ६ का वडा अध्यक्ष टेक बहादुर थापा, नगरपालिकाका वातावरण बिद ज्ञानेन्द्र चौधरी, रोटरी क्लबका पुर्व अध्यक्ष गंगा ढकाल लगायतले रोटरी क्लबले सुरुगरेको कार्यको प्रसंशा गदै सबैले मिलेर नगरलाइ सफा र नगर बासिलाइ स्वास्थ्य बनाउन सकिने बताए कार्यक्रममा नियमित रुपमा भक्का व्यवसाय गर्दै आएका भक्का व्यवसायी महिलाहरुलाई ग्राहक लाइ भक्का दिदाँ पत्रिका कुनैपनि मसी प्रयोग भएको कागजको सट्टा पेपर प्लेट प्रयोग गर्न सचेत गराइएको थियो । साही अवरमा व्यवसायीहरुलाई पेपर प्लेट , क्याप, माक्स, पन्जा  बितरण गरिएको थियो ।

त्यस्तै क्लबले साझमा दमकमा रहेका ठेला ब्यवसायी हरुलाइ पनि माक्स,पन्जा,क्याप बितरण गरेको छ । मसी भएको कागज बाट बिभिन्न प्रकारका रोग लाग्ने भएको कारण चेताना मुलक अभियान सुरु गेरेको रोटरी क्लब दमकका अध्यक्ष सन्दिप चापागाइले बताए ।

त्यस्तै सरसफाई तथा वातावरण समिति संयोजक तथा दमक ६ का वडाध्यक्ष टेक बहादुर थापाले ब्यवसायीले गरेको .फोहोर ब्यवस्थापनका लागि जस्ले फोहोर गरेको छ उसैले ब्यवस्थापन गर्नु पर्छ भने नगरालिकाको अभियान रहेकाले हरेक ब्यवसायले डस्बिनको प्रयोग गर्न र दमक लाइ सफा नगर बनाउन एक भएर लाग्न अनुरोध गरे ।

रोटरी क्लबले स्वास्थ्य र सरसफाइको बारेका आफुहरुलाइ दिएको जानकारी उपयोगी भएको भन्दै आगामि दिनमा आफुहरु यस सम्बन्धि सचेत रहने ब्यवसायी,सोनु लिम्बु र गिता राइले बताए अभियानको पहिलो दिन बिहानी मा पाइने भक्का देखी साझमा दमक चौकमा राखिएका ढेला ब्यवसायीलाइ सरसफाइका सामाग्री र स्वास्थ्य सम्बन्धि जानकारी गराइएको थियो ।

https://www.facebook.com/doonlinetv/videos/213529566427349/

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here