दमक नजिकै खुल्याे सुविधासम्पन्न ड्राईभिङ सेन्टर, ट्रायल सिक्न बिर्तामाेड जानु नपर्ने

0
952

दमक, २ चैत्र /  दमकसंग जोडिएको रतुवा पूल पूर्व कमल गाँउपालिका वडा नम्बर ५ स्थित रमाइलो टोलमा पूर्वकै सुविधासम्पन्न ड्राईभिङ सेन्टर खुलेको छ ।

दमकका पूराना ड्राईभिङ व्यवसायी सिताराम लिम्बुले करिव ६० लाख रुपैयाको लागतमा पूर्वकै सुविधासम्पन्न ‘हाम्रो नेम्बाङ ड्राईभिङ सेन्टर’ स्थापना गरेका हुन्  । नवनिर्मीत ड्राईभिङ सेन्टरको आज एक कार्यक्रमका विच ईलाका ट्राफिक पहरी कार्यालय दमकका प्रमुख यज्ञराज अधिकारीले उद्घाटन गरेका छन् ।

ड्राईभिङ सेन्टरको उद्घाटन गर्दै दमक ट्राफिक प्रमुख अधिकारीले सरकारी मापदण्ड अनुसारको ड्राईभिङ सेन्टर स्थापना गरेको मा सञ्चालक लिम्बुलाई धन्यबाद दिए ।  ड्राईभिङ सेन्टरलाई समयानुकल आधुनिक तथा व्यवस्थित वनाउन खाँचो भईरहेको र त्यसलाई पूरा गर्न आफूले सुविधासम्पन्न संरचनामा ड्राईभिङ सेन्टर स्थापना गरेको सञ्चालक लिम्बुले बताए । यस ड्राईभिङ सेन्टर अन्य ड्राईभिङ सेन्टर भन्दा हरेक मापदण्डले सुविधायुक्त भएको उनको दावी छ ।

आफनै करिव १० कठ्ठा जमीनमा खालिएको उक्त ड्राईभिङ सेन्टरमा कक्षा रुम, पार्कीङ, होस्टेलसहित ट्रायलका लागि यातायातको मापदण्ड अनुसारका संरचना निर्माण गरिएको छ । ड्राईभिङ सिक्न चाहनेका लागि स्तरिय तालिम, लाईसेन्सको परामर्श तथा लाईसेन्सको अनलाईन फारम भर्ने समेत व्यवस्था गरिएको सञ्चालक लिम्बुले जानकारी दिए । उनले एकै ठाँउबाट चालकका लागि तालिम सहित अनुमति पत्रको सवै प्रकृया उपलव्ध गराउन यस सेन्टरले सेवा पुरयाँउने बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here