उपभोक्ता दिवशमा कोरोना बारे जानकारी

0
469

दमक, २ चैत  /  झापा, विश्व उपभोक्ता दिवशको अवसरमा आईतबार दमकमा कोरोना भाईरस लक्षित सचेतना कार्यक्रम गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्च दमक र दमक नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मञ्चका अध्यक्ष डा. नविन चापागाँईले कोरोना भाईरसको वास्तविकता, विश्वव्यापी अवस्था, वच्ने उपाय लगायतका विषयमा जानकारी गराएका थिए । यस्तै कार्यक्रममा समन्वय गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापाका प्रमुख भरतबहादुर पूरीले उपभोक्ता अधिकार, कानूनी व्यवस्था, मिसावट, कालाबजारी लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले हरेक व्यक्ति उपभोक्ता भएकाले उपभोक्ता अधिकारको सम्मान गर्न र मानवीयता नभुली व्यवसाय गर्नु पर्ने बताए । कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्णप्रसाद आचार्य, दमक नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिमिल्सिना लगायतले उपभोक्ता सजग बन्न सके मात्र उपभोक्ता अधिकारको पनि रक्षा हुने बताए । मञ्चका अध्यक्ष डा. चापागाँईको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका कार्य समिति सदस्य चैतन्य बरालले स्वागत मन्तव्य राखेका थिए । संसार भरिनै कोरोना भाईरसको महामारी रहेका कारण यस वर्ष दमकमा उपभोक्ता दिवश पनि कोरोना बारे जानकारीमूलक कार्यक्रमको रुपमा मनाईएको मञ्चका सचिव गोपाल झापालीले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here