बजारमा छ्याप छ्याप्ती अखाद्य बस्तु, नगरपालिका द्वारा अनुगमन

0
1376

झापा / २ चैत,   झापाको दमक बजारमा रहेका पसलहरुमा छ्याप्छ्याप्ती अखाद्य तथा उपभोग्य मिति गुज्रिएका बस्तु विक्रिका लागि राखिएको भेटिएको छ ।

नगरपालिकाले आईतबार गरेको अनुगमनका क्रममा विभिन्न ब्राण्डका पेयपदार्थ, जंकफुड, मसला, प्याकिं मासु लगायतका खाद्यवस्तुहरु उपभोग्य मिति गुज्रीए पनि विक्रिका लागि राखिएको भेटिएको हो । कोरोना भाईरसका कारण विश्वव्यापी रुपमा श्रीजित महामारी र यस्तो बेला हुन सक्ने कालोबजारी रोक्न नगरपालिकाले अनुगमन गरेको थियो । तर अनुगमनका क्रममा उपभोग्य बस्तुको अभाव नदेखिएको भए पनि उपभोग्य बस्तु मिति गुजी्रए पनि विक्रिका लागि राखेको पाईएको बजार अनुगमन समितिका संयोजक भिम पौडेलले जानकारी दिए । अनुगनका क्रममा भेटिएका उपभोग्य मिति गुज्रीएका खाद्यवस्तुहरु अनुगमनकै क्रममा नष्ट गरिएको थियो ।

यस अघि समेत नगरपालिकाले विभिन्न समयमा अनुगमन गरेको र यस पटक भने कोरोना भाईरसको प्रभावका कारण बजारमा सिर्जना भएको अवस्था बारे जानकारी लिन अनुगमन गरिएको नगरप्रमुख रोमनाथ ओलीले बताए । अनुगमनका क्रममा बजारमा औषधी, खाद्यवस्तु, अत्यावश्यकीय वस्तु लगायतको अभाव नदेखिएको पाईएको उनले जनाए ।

टोलीले औषधी पसलहरु समेत अनुगमन गरेको थियो । बजारमा नियमित रुपमा मास्कको माग उच्च नभए पनि हाल यसको माग अधिक भएको औषधी व्यवसायी संघ झापाका अध्यक्ष गौतम गुप्ताले जनाए । भएको मास्क अधिकांश पसलको सकिएकाले तत्काल ठुलो मात्रामा उपलव्ध गराउन भने कठिन भएको उनले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here