दमक जेसीजको आयोजनामा सेयर बजार सम्बन्धि तालिम 

0
433

दमक, ३० फाल्गुण /   दमक जेसीजको आयोजनामा ३ दिन सम्म स्टक मार्केट सम्बन्धी प्रशिक्षण सेयर बजार सम्बन्धि आधारभुत तथा प्राबिधिक बिस्लेशन तालिम सुरू भएकाे छ ।

शुक्रबार बाट दमक स्थीत कामाक्षा होटलमा सुरु भएकाे कार्यक्रमकाे  उद्घाटन  लगानिकर्ता संघ अध्यक्ष कार्यक्रमकी   प्रमुख अतिथि राधा पोख्रेलले गरेकी छन् ।

कार्यक्रममा  सेयर सन्सारका प्रशिक्षक सुमन शाक्य र सन्दीप बिक्रम रानाले सहजीकरण गरेका थिए । कार्यक्रममा सेयर बजार सम्बन्धि लागनी कर्तालाइ हुनु पर्ने आधारभुत तथा प्राबिधिक कुरा हरूकाे बारेका जानकारी गराइएकाे थियाे ।

 दमक जेसीजका अध्यक्ष कमल कट्वालकाे अध्यतामा भएकाे कार्यक्रममा विशिष्ट अथिती नेपाल जेसीज को पुर्ब राष्ट्रिय अध्यक्ष  प्रकाश प्रशाद अधिकारीले शुभकामना मन्तब्य राखेका थिए त्यसैगरी गानिकर्ता संघ प्रदेश न १ का सम्योजक सुबाश चन्द्र भट्टराईले कार्यक्रम माथी प्रकाश पारेका थिए ।

 तालिममा २० जना  प्रक्षिक्षार्थी सहभागी रहेका छन् । शुक्रबार भएकाे उद्घाटन कार्यक्रमलाइ दमक जेसिज को महासचिव सन्जीब बरालले संचालन गरेका थिए ।  तालिम चैत्र २ गते सम्म सन्चालन हुने कार्यक्रम सम्योजक बिनोद मिश्रले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here