दमकमा सुरू भयाे मास्कको उत्पादन

0
1275

दमक,३० फागुन । झापाको दमकमा रहेका महिलाहरुको सामाजिक संस्था सुन्दर समाज नेपालले उद्योग बाणिज्य संघ दमकसंगको समन्वयमा मास्कको उत्पादन शुरु गरेको छ ।

बिहिबार बाट दैनिक रुपमा समाजमार्फत ६ जनाले मास्क उत्पादन गरिरहेको सुन्दर समाज नेपालकी उपाध्यक्ष लक्की सिटौलाले बताईन् । हाल दैनिक रुपमा ५ सय बढि मास्क उत्पादन गरिरहेको भएपनि बजारको माग उच्च रहेकाले माग अनुसार उत्पादन गर्न नसकिएको सिटौलाले बताईन् ।

बिश्वमा कोरोना भाईरसको संक्रमण फैलिएपछि अहिले बिश्व बजारमा मास्कको अभाव भएको छ । यसको सोझो असर अहिले नेपाली बजारमा पनि प्रत्यक्ष परेको छ । नेपाल ठुलो परिमाणमा चीनबाट मास्क आयत हुदै आएको थियो । तर चिननै कोरोनाको उच्च जोखिममा परेपछि मास्क निर्यात हुन छोडेपछि नेपाली बजारमा सर्वसाधारणले मास्क खरिद गर्न पाउनै छोडेका छन् । यसै लाइ मध्यनजर गदै  अहिले समाजले उत्पादन गरेको मास्क होलसेलमा प्रतिगोटा रु १५ रुपैयामा बिक्रि भईरहेको र व्यवसायीहरुले सर्वसाधारणलाई २५ रुपैया भन्दा बढि मूल्यमा माक्स बिक्रि नगर्न आग्रह समेत गरिएको संघकी संघसंस्था समन्वय समितिकी संयोजक समेत रहेकी सिटौला जानकारी दिईन् । बजारमा अहिले अधिक माक्सको माग रहेकाले भोलिबाट बजार माग अनुसारको थप उत्पादन बढाईने सिटौलाले बताईन् ।

समाजबाट उत्पादित माक्स विपन्न परिवारलाई निशुःल्क उपलब्ध गराउने उनले बताईन् । यसैगरि माक्स बिक्रिबाट हुने नाफा बापतको रकम आश्रमहरु आश्रित विपन्न तथा अनाथ बालबालिका तथा जेष्ठ नागरिकहरुको सहयोगमा खर्च गरिने सिटौलाले बताइन्

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here