धमा धम बन्दै दमककाे भ्यू टावर

0
1583
created by dji camera

दमक / दमकको भ्यूटावरको काम तिब्र गतिमा शुरु भएको छ । दमक–३ मा २५ तला अग्लो भ्यूटावरको काम धमाधम भइरहेको स्थानीय जग्गादाता समेत रहनु भएका सामाजिक युवा रुपक दाहालले बताउनु भएको छ ।

५ बिघा क्षेत्रफलमा निर्माण भइरहेको भ्यू टावर अन्तर्राष्ट्रियस्तरको हुनेछ। २५ तला पक्की संरचना बन्ने त्यसमाथि थप ५ तलाको स्टिलको संरचना बन्ने अहिलेसम्मको आफुहरुलाई जानकारी रहेको वडा नं. ३ का वडाध्यक्ष नविन बरालले बताए । यहाँ सपिङ कम्पलेक्स, रेष्टुरेण्ट, कार्यालयहरु रहनेछन् ।

यहाँ भ्यू टावर बाहेक बाल उद्यान बन्नेछ । भ्यू टावरसंगै घुमघाम स्थल बन्ने र नयाँ पर्यटकीय गन्तब्य बनाउने राज्यको सोच अनुसार काम अघि बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यो एउटा ठुलो सपना रहेको छ ।

काठमाडौंको जेडसिजिआइजीसी आशिष ओम साइराम जेभीले १ अर्ब ५६ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता गरेको छ । आगामी २०७८ पुष २७ गते निर्माण सम्पन्न हुनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here