पाथीभरा माताकाे आँगनमा दमक इस्टर्न लायन्सले गर्याे यस्ताे महान कार्य

0
768

दमक / झापाकाे दमकमा रहेका लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्सले पाथीभरा मन्दिर परिसरमा खाधान्न सामाग्री बितरण गरेकाे छ ।

 गत आइतबार क्लबका सदस्य सहितकाे टाेली  धार्मिक र ऐतिहासिक महत्व बोकेको  पबित्र तिर्थ स्थल ताप्लेजुङकाे पाथीभरा मन्दिरमा पुगि बिभिन्न खाध्य सामाग्री बितरण गरेकाे हाे । क्लबले बिस्कुट,कागती,ग्लाेकुज,भुजीया,चिउरा, मकै लगायतका सामाग्री बितरण गरीएकाे कार्यक्रम संयाेजक तथा लायन्स क्लब अफ दमक इस्टर्न लायन्सका सदस्य समेत रहेका नुतन तिम्सिनाले बताए ।

उकालाे चडेर दर्शनका लागि मन्दिर पुगेका भक्तजन लाइ खाजा स्वरूप खाध्य सामाग्री बितरण गरेका हाै लायन्स क्लब अफ दमक इस्टर्न लायन्सका अध्यक्ष तुलसी राम तिम्सिनाले भने  सेवा गर्दै  यस पबित्र स्थानमा आएर क्लबलाइ धार्मिक कार्य संग क्लबलाइ जाेड्न पाउदा खुशी मिलेकाे छ  । आगामि दिनमा पनि क्लबले यसप्रकारकाे काम गर्दै जानेछाै ।

लायन्स क्लब अफ दमक इस्टर्न लायन्स र लियो क्लब अफ दमक इस्टर्न लायन्सले दमक आसपासका क्षेत्रमा यस्ता धेरै सामाजिक तथा धार्मिक काम गर्दै आएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here