दमककाे एड्भान्स अस्पतालले सुरू गर्याे कोरोना भाईरस स्वास्थ्य सहायता कक्ष

0
1284

दमक /   झापाकाेे दकमा रहेकाे एड्भान्स अस्पतालमा कोरोना भाईरस स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थपाना भएको छ ।

विश्वभरीनै स्वास्थ्यको चुनौति बनेको कोरोनाको संक्रमणको बारेमा नागरिकमा बिभिन्न खाले आसंका रहेको भन्दै अस्पतालले हेल्थ डेस्क स्थापना गरेको अस्पताल सञ्चालक चैतन्य बरालले जानकारी  दिए ।

अस्पताल परिसरमा स्थापना गरिएको हेल्थ डेस्कबाट कोरोना संक्रमणको बारेमा सहि जानकारी र शरिरको तापक्रम जाँच गरिने अस्पतालका सहायक मेडिकल सुपरिटेन्डेन डाक्टर अनिल थापाले बताए  ।

शरिरको तापक्रम जाँच गर्दै सप्तरङ्गी एफ.एम.का ब्यवस्थापक गिरिराज भट्टराइ

कोरोनको बिषयमा बास्तविकता भन्दा धेरै हल्लाले जनजिवन आतंकित भएको भन्दै डाक्टर थापाले हेल्प डेस्कमा दक्ष स्वाथ्यकर्मिबाट कोरोनाको बारेमा सहि जानकारीका दिनुका साथै जानकारी मुलक पर्चा वितरण गरिने बताए।

कसैलाई कोरोनाको आशंका भएमा अथवा लक्षण देखिएमा तत्काल सरकारी अधिकारीलाई जानकारी गराई उपचारको व्यवस्था मिलाईने पनि एडभान्स अस्पतालका सहायक मेडिकल सुपरिटेन्डेन डाक्टर थापाले बताए ।

भाईरसको जोखिम रोक्न सरसफाईमा ध्यान दिन र हल्लाको पछि नलाग्न उनले सबैलाई आग्रह समेत गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here