पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

0
244

काठमाडौँ — लोकन्थलीस्थित पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट भएको छ । घरको पूर्वतर्फको पर्खालमा राखिएको बम विस्फोट हुँदा गेटमा क्षति पुग्नुका साथै झ्यालको सिसा पनि फुटेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थलमा पुगिसकेको छ ।घटनाबारे अनुसन्धान भइरहेकाले ठिमी वृत्तका डीएसपी शान्तिराज कोइरालाले अहिले केही नबोल्ने बताए । घटना कसले गरायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

घटना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएको छ । आज चन्द समूहलाई प्रतिबन्ध लगाएको एक वर्ष पुगेको छ । २०७५ फागुन २८ गते सरकारले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउँदै पक्राउ र खोजी कार्य जारी राखेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here