प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै गृह नगर दमकमा दिप प्रज्वलन (फाेटाेमा हेर्नुहाेस् )

0
809

दमक, २१ फागुन /  प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकमा उहाँको शिघ्रस्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरिएको छ ।

नेकपा दमक नगर कमिटीको बुधबार बिहान गरेको निर्णय अनुसार दिप प्रज्वलन गरिएको नगर अध्यक्ष बोधराज घिमिरेले जानकारी दिए । दमककाे गणतन्त्र चाैकमा प्रधानमन्त्रीको सिघ्र स्वास्थ्य लाभको कामनाका लागि सयौको संख्यामा  सर्वसाधारण तथा नेकपाका कार्यकर्ता अन्यबिभिन्न  पार्टिका कार्यकर्ता को उपस्थित रहेको थियो ।

नेकपा झापा जील्ला अध्यक्ष चिन्तन पाठकको उपस्थितीमा सम्पन्न भएको दिप प्रज्वलनमा प्रदेश सभा सदस्य अर्जुन राई, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओेली नेकपा जील्ला अध्यक्ष पाठक लगायतले प्रधानमन्त्री ओलीको सिघ्र स्वास्थ्य लाभको कामना सहितको मन्तव्य राखेका थिए भने दमकका बिभिन्न वडाका वडा अध्यक्षहरू दमक  उधाेग वाणिज्य संघका अध्यक्ष, नेपाली काग्रेस, राप्रपा लगायत पार्टिका कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here