जन्मदिनको अवसरमा युवा नेता राईले गरे अग्नि पिडित लाइ सहयाेग

0
926

दमक, २२ फागुन / झापाकाे कमल गाउँपालिका निवासी नेपाली काग्रेसका युवा नेता हुकुम सिंह राईले जन्मदिनको अवरमा अग्नि पिडितलाइ सहयोग गरेका छन् ।

राईले बिहिबार आगलागि स्थानमा पुगी पिडितहरू लाइ सहयाेग गरेका हुन् । बुधबार कमल गाँउपालिकास्थित वडा नं. ५ मंगलवारे बजारमा भिषण आगलागि हुदा कृष्णमाया लिम्बु काठको २ तले घर जलेर नष्ट भएको थियाे । घर पुरै जलेका कारण  साेहि घरमा भाडा गरि बस्ने अन्य तिन परीवार पनि बिचल्लिमा परेका छन् । राईले बिहिबार घटना स्थलमा पुगि उक्त आगलागि बाट पिडित चुड्की मार्दि, रूकमनी ताजपुरीया, पार्वता राजवंशी, र घरधनी कृष्णमाया लिम्बु काे परीवार गरी ४ परीवार लाइ राइले १० – १० हजार गरेर जम्मा ४० हजार रूपैया सहयाेग गरेका छन् ।

राईले आफ्नो ४५ औ जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई बचाएर बिपतका बेला थेरै भए पनि पिडितलाइ राहत हाेस्  भन्दै उनले राहत बाड्ने धेरै जसाेले खाधान्न, लत्ता कपडा जस्ता सामाग्री दिने भएकाे तर आफु अलि फरक साेच भएका कारण आर्थिक सहयाेग गरेकाे बताए ।   राहत बितरण कार्यक्रममा स्थानिय,सामाजसेवी, सन्चारकर्मी लगायत को उपस्थिती रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here