अब रगत चाहिएमा www.ragatdaan.com

0
795

झापा /  मानव जिवनमा आपत पर्दा तुरन्त चाहिने रगत खोज्नको लागि अबदेखि रक्तसंचार केन्द्र तथा अस्पतालको भर पर्ने बाध्यता विस्तारै हट्ने भएको छ । तपाईंको वरिपरी आफूलाई चाहिएको रगत को सँग छ भनेर www.ragatdaan.com बाट सजिलै खोज्न सकिने छ र रगतदातालाई तुरन्त सम्पर्क गरि रगतदान गरेर कसैको जिवन बचाउन अनुरोध गर्न सकिने छ ।

विगत केही वर्षको जापान बसाईको क्रममा गरेको अनुभवलाई सामाजिक कार्यमा सेवा पुर्याउने उद्देश्यले दिपेश पोख्रेलले सेवामुलक कार्यको थालनी गर्नुभएको हो भने इस्टर्न हक सोलुसन्स्को प्राविधिक सहयोग यसमा रहेको छ । यस रगतदान डट कम को माध्यमबाट तपाईंको वरिपरी रहेका अस्पताल तथा एम्बुलेन्स खोज्न सकिने छ ।  Become a donor मा गएर आफ्नो विवरण भरिसकेपछी तपाईंलाई रगतदाताको सुचिमा देखाउनेछ । तपाईं स्वयंले पनि रगत चाहिएको अवस्थामा विरामीको फोटो सहित पोस्ट गर्न पनि सक्नुहुनेछ ।  यसको मोबाइल एप समेत चाँडै आउने र अन्य विशेषताहरु पनि थप गर्ने कुरा रगतदान डट कमका दिपेश पोख्रेलले  जानकारी दिए ।

www.ragatdaan.com

https://www.facebook.com/doonlinetv/videos/535968190371856/

 

 

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here