नेकपाले भटाभट युवालाइ अवसर दिदै, युवा नेता बस्नेत पाए यस्ताे जिम्मेवारी

0
1423

झापा । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपि शर्मा ओलीको गृहनगर दमक नगरपालिका समेत रहेको झापा निर्वाचन क्षेत्र नं. ५ (ख) को इन्चार्जको जिम्मेवारी युवा नेता बीरेन्द्र बस्नेतले प्राप्त गरेका छन् ।  बस्नेत दमक १ निवासी हुन् ।

फाेटाे प्रदेश सभाका लागि मतदान गर्दै गर्दा युवा नेता बिरेन्द्र बस्नेत 

नेकपा प्रदेश १ कमिटीका सदस्य समेत रहेका बस्नेत तत्कालीन माओवादी जनयुद्धमा २७ महिना सेनाद्वारा वेपत्ता वनाइएका युवा हुन् । बस्नेतलाई शाही शासनमा मानवबधशाला भनेर चर्चामा रहेको सेनाको भैरवनाथ गणमा चरम यातना दिइएको थियोे ।

बस्नेतका दाजु पुष्पराज बस्नेत र भाइ धीरेन्द्र बस्नेत सोही भैरवनाथ गणवाटै हालसम्म पनि वेपत्ता पारिएका छन् । तत्कालीन अखिल (क्रान्तिकारी) को पुर्व महासचिवको समेत जिम्मेवारी पूरा गरिसकेका बस्नेत २०६५ सालमा सानोठिमी क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए ।

झापाको प्रधानमन्त्री केपि शर्मा ओली निर्वाचित संघीय निर्वाचन क्षेत्र ५ अन्तर्गतको ५(ख) मा दमक नगरपालिकाका सवै वडा र कमल गाउँपालिकाको ५ , ६ र ७ वडा पर्दछन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here