दमकमा पाठेघरकाे जाँच शिबिर सम्पन्न, सात जनालाइ भेटियाे क्यान्सर

0
643

दमक / झापाको दमकमा दुइ दिने निशुल्क पाठेघरकाे क्यान्सर जाँच शिबिर शिबिर सम्पन्न भएकाे छ ।

दमक मा रहेर सामाजिक काममा अगाडि रहेका लायन्स क्लब अफ दमक युनाइटेड, लायन्स क्लब अफ दमक माउण्ट एभरेष्ट, लायन्स क्लब अफ दमक श्रीअन्तु र लायन्स क्लब अफ सेबिकाको संयुक्त आयोजना तथा सिद्वार्थ बैककाे प्रायाेजन र दमक नगरपलिकाकाे सहयाेग साथै क्यानसर केयर सेन्टर फाउन्डेशनकाे प्राबिधिक सहयाेगमा दमक ३ स्थित ढुकुर पानि मावि र दमक ९ स्थित पाणिनी माविमा निशुल्क पाठेघरकाे क्यान्सर जाँच शिबिर शिबिरकाे आयोजना गरीएकाे हाे ।

क्यानसर अस्पताल सम्म पहुँच नभएका माहिला हरूका लागि गरिकाे शिबिरमा पहिलाे दिन दमक ३ स्थित ढुकुर पानि माविमा भएकाे शिबिरमा७५ जनाकाे पाठेघर परिक्षण गरीएकाेमा २ जनाकाे क्यानसर भएकाे १२ जनाकाे संक्रमण भएकाे र तिन जनकाे पाठेघर खसेकाे फेला परेकाे थियाे । त्यस्तै दाेस्राे दिन दमक ९ स्थित पाणिनी माविमा भएकाे शिबिरमा   १ सय ७५ जनाकाे पाठेघर परिक्षण गरीएकाे मा ५ जनाकाे क्यानसर ६ जनाकाे संक्रमण र तिन जनाकाे पाठेघर खसेकाे फेला परेकाे लायन्स क्लब अफ दमक युनाइटेडका उपाध्यक्ष साजन श्रेष्ठले जानकारी दिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here