वडा बाल सञ्जाल, दमक ३ को अध्यक्षमा राज बुढाथोकी

0
748

दमक, १८ फागुन / झापा दमक ३  वडा बाल सञ्जालकाे अध्यक्षमा राज बुढाथोकी सर्वसम्मतले चयन भएका छन् ।

शनिबार आमचाैक स्वास्थ चाैकीमा भएको साधारण सभाबाट पूर्व अध्यक्ष रहेका राज बुढाथोकीनै पुन अध्यक्ष चुनिएसगै वडा बाल सञ्जालको नयाँ कार्यसमिति चयन भएको हाे। सञ्जालको उपाध्यक्षमा सितास्मा निरौला सचिव मनि कुमार बुढाथोकी, सह-सचिव रोमन भण्डारी,कोषाध्यक्ष भुवन दाहाल र सदस्यहरुमा सन्ध्या बस्नेत अटल ढुङ्गेल, रबिना थापा ,भविन धिमाल, विवेक गुरागाईं,सिम्रन धिमाल र राम कुमार क्षेत्रिलाइ चयन गरीएकाे छ ।

साधारण सभा वडा नम्बर ३ का अध्यक्ष नबिन बरालकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । यससँगै वडा बाल सञ्जालको आयोजना र वडा कार्यलय तथा नगरपालिकाकाे संमन्वयमा सञ्चालित तिन दिने उद्घोषण तालिम पनि सम्पन्न भएको छ । तालिममा सहभागि बालबालिकालाई वडा अध्यक्ष बरालले प्रमाण पत्र हस्तात्रण गरेका थिए । तालिममा वडा भित्रका बिध्यालयका ६० जना बालबालिकाको सहभागिता रहेको कार्यक्रमका संयाेजक राम चन्द्र चापागाइले जनाकारी दिए । कार्यक्रममा बिभिन्न वडा संजालकका पधादिकारी दमक ३ वडा सदस्य टिका ठटाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here