तेस्रो सताक्षी गोल्डकपकाे उपाधी मच्छिन्द्रले पाेल्टामा

0
409

झिलझिले, ११ फागुनर /   लिग विजेता मच्छिन्द्र क्लबले सिजनकै पहिलो सताक्षी गोल्डकपको तेस्रो संस्करणको उपाधी हात पारेको छ । थ्री स्टारका खेलाडी असोक खवासले मच्छिन्द्रका खेलाडी अडेलजा सोमिडेलाई डिवक्स एरीयामा फाउल गरेपछी पाएको पेनाल्टीले मच्छिन्द्रको उपाधाी हत्याउने भाग्य खुलेको हो । मछिन्द्रले ट्रफि सगै नगद ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।

झापाको झिलझिले आईतवार स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको फाइनल खेलमा थ्रि स्टार फुटबल क्लबलाई १–० को अन्तरले हराउँदै मच्छिन्द्र क्लब सिजनको पहिलो च्याम्पियन भएको हो ।  लिग सकिए लगतै सताक्षी गोल्डकपको तेस्रो संस्करणमा उनीहरु मोफसलको पहिलो उपाधिका लागि भिडेका थिए । सुरुवाती खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टी गोल नै मच्छिन्द्रलाई जितका लागि निर्णायक बनायो ।

२३ औँ मिनेटमा पेनाल्टी एरिया नजिकबाट थ्रि स्टारका लालरामको पहार बार छेवैबाट बाहिरियो । ३९ औँ मिनेटमा अशोक खवासको पासमा लालरामको हेडर बाहियिो । ४३ औँ मिनेटमा मच्छिन्द्रका गाल किप्पर विशाल श्रेष्ठ बिट भएको मौका लालरामले गरेको प्रहार रक्षक देवेन्द्र तामाङले गोल लाइन नजिकबाट उत्कृष्ट क्लियर गर्दै बराबरी हुनबाट जोगाए
खेलको ४६ औँ मिनेटमा रेजिन सुब्बाको पासमा विमल घर्ती मगरको प्रहार आकाशियो । ६१ औँ मिनेटमा दिपेश घलेको प्रहार आकाशियो । ६६ औँ मिनेटमा आन्द्रेसको हेडर रिबाउन्ड हुँदा विशाल राई ‘बि’ को प्रहार गोल किप्पर चम्जोङले पञ्च गरेर बचाए । ७४ औँ मिनेटमा मिक्चेनको फ्रिकिक प्रहार मच्छिन्द्रका खेलाडीको बारमा लागर फर्कियो । फाइनल खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ भए । उनले नगद १० हजार पाए ।

त्यस्तै, प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्ट थ्रि स्टारका कप्तान विक्रम लामा भए । उनले नगद ५० हजार प्राप्त गरे । हाइ स्कोरर थ्रि स्टारकै सञ्जोग राई भए । प्रतियोगिताभरि दुई गोल गरेका उनले नगद २५ हजार पाए । प्रतियोगिताको उत्कृष्ट गोल किप्पर विजेता टिमका विशाल श्रेष्ठ, बेस्ट डिफेन्स मच्छिन्द्रका पिटर सेगुन, बेस्ट मिडफिल्ड थ्रि स्टारका रुपेश केसी, बेस्ट फरवाड मच्छिन्द्रका रेजिन सुब्बा र बेस्ट कोच विजेता टिमका प्रवेश कटवाल घोषित भए । उनीहरुले जनही २० हजार रुपैयाँ पाए । उदयीमान खेलाडीका रुपमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राईलाई नगद २० हजार रुपैयाँ प्रदान गरियो ।

उनीहरुलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल क्लब (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, आयोजक अध्यक्ष रमेश लावतीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गरेका थिए । सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले हात पारेको आयोजक सतासीधाम स्पोर्टिङ क्लबका उपाध्यक्ष फुर्वा तामाङले बताए ।

कार्यक्रममा (एन्फा) अध्यक्ष शेर्पाले सताक्षी गोल्डकपको मुख्य प्रायोजक आफूले व्यवस्थापन गरिदिने प्रतिबद्धता व्यक्त गरे । उनले शिवसताक्षी नगरपालिका र एन्फाले सताक्षी गोल्डकपलाई अझ भव्य र व्यवस्थित बनाउने जिकिर गरे । उपाध्यक्ष नेम्वाङले मोफसलका गोल्डकपलाई आगामी दिनमा एन्फाले परिस्कृत गर्दै लैजाने बताए । गोल्डकपको मुख्य प्रायोजक शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले सताक्षी गोल्डकपले नगरको शान थपेको वताएका छन । नगरले शिक्षा र खेलकुदका लागि अझै केही गर्न बाँकी रहेको बताए । आउदो चौथो संस्करणको सताक्षी गोल्डकपलाई सवै नगरवासी, कर्पोरेट हाउस लगायतले खुलेर सहयोग गर्न समेत उनले आग्रह गरेका छन ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here