बाटोमा भेटेको १ लाख रुपैयाँ सेनाले बुझाए सम्बन्धित धनिलाई

0
308

दमक / झापाको दमक ६ स्थित फर्निचर लाइनमा गत फागुन १ गते मध्यान्ह १२ बजे सडक किनारमा वेवारिसे अवस्थामा भेटिएको एक लाख रुपैयाँ नगद सम्बन्धित पैसाका धनी भीम बहादुर लिम्बुलाई फिर्ता गरिएको छ ।

इलाका प्रहरी कार्यालय दमकमा पैसा फेला पार्ने नेपाली सेनाको २१ नम्बर बाहिनी अडड केरखामा कार्यरत प्युठ मेघ बहादुर अधिकारीले प्रहरी नायव उपरीक्षक विजयराज पण्डीत, २१ नम्बर बाहिनी तोपगाछीका सेनानी प्रभात किरण श्रेष्ठ, दमक ७ का वडाध्यक्ष भीम पौडेल लगायतको रोहबरमा सो रकम शिवसताक्षी ९ घर भएका लिम्बुलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रहरी नायव उपरीक्षक पण्डीतले सो रकम आफ्नो भएको प्रमाणसहित लिम्बु प्रहरी कार्यालयमा उपस्थित भएपछि प्रकृया पूरा गरि आज फिर्ता गरिएको जनाउनु भयो । सो अवसरमा लिम्बुले नेपाली सेनाका प्युठ मेघ बहादुर अधिकारीले र इलाका प्रहरी कार्यालय दमकलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here