करविरुद्ध विद्यार्थीको बिरोध

0
564

दमक, ११ फाल्गुन /  पुस्तक आयातमा सरकारले लगाएको करविरुद्ध झापाको दमकबाट सांकेतिक बिरोध शुरु भएको छ। किताव आयातमा १० प्रतिशत कर लगाउँदा यसको मार पाठक तथा विद्यार्थीलाई परेकाले त्यसलाई हटाउन माग गर्दै मौन प्रदर्शन शुरु भएको हो। स्थानीय युवा, विद्यार्थी, कलाकार तथा साहित्यकारले स्वतःस्फूर्त रुपमा मुख्य चोकमा उपस्थित भई पुस्तक पढेर विरोध जनाउन शुरु गरिएको अभियानका सदस्य सिजन दाहालले बताए।

उच्च शिक्षाको पाठ्यक्रमकै पनि कतिपय पुस्तक विदेशबाट आउनु पर्ने तर सरकारले कर लगाएपछि त्यसको भार विद्यार्थीलाई पर्ने भएकाले त्यसलाई खारेज गर्न माग गरिएको उनले जनाए। यस्तै पुस्तक चेतनाको श्रोत भए पनि विश्वस्तरका पठनीय पुस्तक अध्ययनमा सरकारले निरुत्साहन गरेर नागरिकलाई विश्व समुदायबाट अलग्याउने प्रयास गरेको प्रदर्शनमा सहभागीले आरोप लगाएका छन्।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here