दमकमा फुड फेस्टिबल हुदै, के के पाइन्छ खान ?

0
623

 दमक / दमकमा बिगत पाच बर्षदेखी निरन्तर आयोजना गरिदै आएको फुड फेस्टिबल यसपालि पनि आयोजना गरिने भएको छ।

छैठाै फुड फेस्टिबल , दमक क्षेत्रको आर्थिक, सामाजिक , तथा सांस्कृतिक बिकासका लागि स्थानिय जातजातिको मौलिक परिकारको प्रचार प्रसार गर्दै दमकमा आन्तरिक पर्यटक भित्राउने लक्षका साथ, दमक ६ स्थित बसपार्कको पश्चिम तर्फको खाली ठाउँमा फाल्गुन ७ गतेदेखि ११ गतेसम्म बिहान १० बजेदेखि राती १० बजेसम्म आयोजना गरिने भएको छ।

यस अवधिभर लगभग पचास हजार दर्शकलाई उक्त फेस्टिबल रहेका बिभिन्न जात जातिका परीकार, देशि बिदेशि खानाका परिकार हरू  खुवाउदै, पचास लाख बराबरको आर्थिक कारोबार गर्ने लक्ष आयोजक समितिले लिएको छ। फुड फेस्टिबल आयोजक होटल व्यवसायी संघ दमकले साेमबार  पत्रकार सम्मेलन गरि ५० वटा स्टल रहने जानकारी दिएको छ। विभिन्न जातजातिका मौलिक परिकार सहित स्थानीय कृषि तथा घरेलु उत्पादन कला संस्कृति झल्किने स्टलहरु समेत रहनेछन।

निशुल्क अवलोकन गर्न पाइने यो फेस्टिबलमा हरेक दिन स्थानीय कलाकार तथा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रमहरुको मजा लिन पाइनेछ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here